सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मन बूढो भए पो !

Nepal Telecom ad

हाम्रो संकार र चिन्तनले अर्को अर्थ नलगाउँदा लगभग पचासको हाराहारीबाट उकालो चढेपछाडि बूढो भनिदिँदा त्यति धेरै मन दुःखाइरहनुपर्ने आवश्यकता हुँदैन । यदि कोही कसैको दुखिहाल्यो भने पनि आफू तन्नेरीहुँदाको जोशले गुमाएको होसलाई सम्झेर मन द¥हो बनाए हुन्छ नत्र भने त उमेरले जतिसुकै उकालो चढे पनि बुद्धि–विवेक, बुर्कुसी मार्दै ओरालो कुदेर शून्यमा आइपुग्न कति बेर छैन ।

अँ अब कुराको पुन्तुरो फुकाउने अनुमति माग्नुपर्ला, दिए दिनुहोस्, नदिए पनि केही लछारपाटो लगाउनुहुन्न । मनका कुरा बुझ्ने स्वतन्त्रता प्रजातन्त्रभन्दा पनि धेरै अगाडिदेखि आएको हो । कुरा के हो भन्नुहुन्छ भने उमेरले धेरै पाका भैसक्दा पनि काम कुराहरू काँचो र अर्धकल्चो धेरैले गर्ने गर्छन् त्यसमा पनि महिलाहरूको भन्दा मेरै जातकाको बढी हालीमुहाली चल्छ । बाहिरभन्दा परिवारभित्र नै पसौँ पहिला । मेरै हजुरबा, म सानो छँदा उहाँ महाबूढो भैसक्नुभएको थियो । लगभग सत्तरीको उमेरमा यज्ञमा बसेर सो¥ह बर्षे कान्छी हजुरआमालाई ल्याएको तात्तातो घटना मेरो दिमागमा अहिले पनि चिसो भएको छैन । छोराले बाउको बिहे हेर्न हुन्न भन्छन्,म झन् उहाँको नातिले हजुरबाउको बिहे देखेपछाडि चुप्प लागेर बस्न सकिन र भर्खरै दुरान फर्काएर आएका हजुरबाउलाई प्रश्न तेर्साएँ – “हजुरबा, हजुरले यो उमेरमा पनि किन यति सानी, राम्री हजुआमालाई बिहे गरेको ?” मेरो प्रश्नलाई सहज पचाउँदै, नव विवाहिता हजुरआमाको चिउँडो मुसार्दै भन्नु भो–“नाति बाउ, मन बूढो भए पो, जति बूढो उति …….भन्छन्” भर्सोला परोस् बूढा कात्रो ओढेर यमलोकमा जाने बेलाँ सुटबुटमा ठाँट्टिएर बेहुला बन्ने भाग्य जुरेसी कसको पो के लाग्थ्यो र ?

अब हजुबाको पोललाई यहीँ रोकौँ । मेरा बाउलाई पनि किन अछुतो राख्ने ? मेरा बा, बुवा अझ आजभोलिको भाषामा ड्याडी, ड्याड कस्तो हुनुहुन्थ्यो भने–आफू सानो उमेरकै भएको बेला मेरी ठूली आमालाई बिहे गर्नुभयो । बिहे गर्दा मेरी ठूली आमा र बाउको उमेर जम्मा आठ बर्षको अन्तर थियो । ठूली आमाको शरीरमा बच्चा जन्माउन सक्ने कच्चा पदार्थ उमेरले पनि साथ दिएपछाडि वर्षैपिच्छे लगालगी जम्मा पाँच ओटी छोरी जन्माउनुभएछ, मेरा दिदीहरू नै भन्नुप¥यो । अनि छोरा पाउने मिठो आशामा बाउले मेरी आमालाई बिहे गर्नुभयो, त्यतिबेला मेरो बाउ र आमाको उमेरको अन्तर जम्मा बीस वर्षको थियो । छोरै पाउनको लागि मेरी आमालाई बिहे गरेका मेरा बाले वर्षै दिनमा मलाई जन्माउन सफल भएछन् । फेरि तपाइँहरूले मेरै बाले मलाई जन्माए भन्ने बुझ्नुहोला नि, त्यसो होइन जन्माउन त आमाले जन्माइन तर हाम्रो समाजमा छोरा जन्मदा आज पनि आमाको नाम नलिएर बाउको नै नाम लिने गर्छन् । त्यसैले बाउले नै पाए भनेको ।

सौताले छोरो पाउनु, बूढो पनि कान्छीको नै पेवा हुनु ठुली आमालाई अचाक्ली भयो । यसै बेला उनी लापत्ता भइन्, अहिलेसम्म पनि पत्तो लाएको छैन । म ठूलो हुँदै गएँ, आमा बूढी हुँदै गइन तर बा भने जति बूढो हुँदै गए तापनि आमालाई दुःख दिन र पिट्न कति पनि पछि पर्दैनथे । आमालाई पिटेको देख्दा घरिघरि त बाउलाई बाउ न साउ ठटाउँछुझैँ लाग्थ्यो फेरि हात छोडिहाल्न मेरा त साख्खै बाउ नै हुन भनेर सम्हालिन्थेँ । म त समालिइरहेँ तर मेरी आमा सम्हालिन सकिनन् । एक रात मैले पनि थाहा नपाउने गरी सुइकुच्चा ठोकिछन् । अब मेरी आमाले पनि छोडेपछि मेरा बाउको चुरीफुरी घट्यो भन्ने कुरामा म सो¥है आना ढुक्क थिएँ ।
एक दिन मेरा साथीले मलाई गिज्याए, अब त तँ पनि बेहुला बन्दैछस् । तेरा बाले तेरा लागि केटी खाज्दै हिडेका छन् । म लाजले रातो भएँ उमेरले नै त्यति धेरै भएको त कहाँ थिएँ र ? फेरि दुईवटी आमा नै नभएकोले घर धान्नलाई पनि मेरो बिहे गर्न खोज्नु स्वाभाविक थियो । साँझ घरमा आउँदा पत्तो लाग्यो साथीहरूले गिज्याएको ठीक नै रहेछ । बाउको निदारभरि रातो टीका थियो । मलाई लाज लाग्यो तर बा भने सरासर मेरो कोठामा आएर भने “केटा विवाह आँटँे ।” मैले लज्याउँदै नम्र स्वरमा भने कमसेकम मैले विवाह गर्ने भएपछाडि एक पटक केटी त देखाउनुभएको भए हुन्थ्यो । धत् केटा तँैले के सोचेको तेरो होइन के मैले मेरो बिहे हो आँटेको । म अनायासमा नै झस्कन पुगेँ र पुःन तिनै हजुरबाको शब्द सम्झिएँ “मन बूढो भए पो ।”
अँ साच्ची सुनेका र देखेका कुरा भोगेर थाहा पाइन्छ रे अहिले त्यस्तै लागेको छ मलाई । एउटी राम्री बुहारी भित्राएर नाति खेलाउने बेलाँ आफै बिहे गरेर छोरो पाउने दाउमा छन् बा । व्यवहार जे–जस्तो भए पनि बूढो नहुनु आफैमा राम्रो कुरा हो । त्यसैको करामतले, त्यसैको चमत्कारले हो कि क्या हो कुन्नि वैतरणी गरेर यमलोक प्रस्थान गर्ने बेलामा पनि सत्तामोहले छाडेको छैन । धन्य हो मन । दाँत फुक्लियोस्, कपालको सेतै होस्, शरीरको छाला घिरौलाको जालो होस् तर मनभने सुन्दरी र शक्तितिरै तानिइरहोस् भन्ने हार्दिक मङ्गलमय शुभकामना टक्राउँदछु समस्त उमेरले नेटो काटेकाहरूलाई ।

वालिङ, स्याङ्जा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
नयाँ वर्षको शुभकामना

नयाँ वर्षको शुभकामना

गायत्री परिरोशनी
जन्मदिनको शुभकामना !

जन्मदिनको शुभकामना !

गायत्री परिरोशनी
तीन ठोक्तक

तीन ठोक्तक

गायत्री परिरोशनी
रुद्रघण्टी हरायो !

रुद्रघण्टी हरायो !

गायत्री परिरोशनी
हामी सबै खाओवादी !

हामी सबै खाओवादी !

गायत्री परिरोशनी