समाउनै बेश नवीन बाटो
पढेर के मिल्छ बनिन्छ लाटो
पुग्दा बरू मूर्ख अगाडि पुग्छ
बाठो र विद्वान् पछि पर्छ झुक्छ ।

झुक्ने कुबाटो अब हिँड्न छोड
भो छोड सोझोपन, मार्ग मोड
सक्छौ कुनै उन्नत बीज गोड
विद्वान हुने त्यो भ्रम–बुद्धि तोड ।

सम्हाल वैँशालुपना नमार
जे जित्न सक्छौ नि गिदी नसोध
नाथे गिदीले कति गर्न सक्छ
सक्छौ त ज्ञानेन्द्रिय साध, पुग्छ ।

सक्छौ भने यो कलमै नछोऊ
एक्लै कुनामा विरही नहोऊ
दोस्रा र तेस्रा सय खाल धन्दा
छानेर यौटा गर पुग्छ कान्छा ।

खाऊ अघाऊ गर मोजमस्ती
मरेर के लानु छ छोड सास्ती
जसो गरी हाँस्न सकिन्छ हाँस
हाँसेर, नाचेर, खुलेर बाँच ।
पाँचथर, मेची