सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

यसैगरी बित्यो

Nepal Telecom ad

केही उमेर जन्मिएर, हुर्किंदै र बढ्दै बित्यो,
चौथाई त सिक्नुपर्छ ! भन्दाभन्दै पढ्दै बित्यो ।

उमेर बढ्यो, बैश चढ्यो, बाटो कतै बिराइयो,
केही वर्र्ष आगत–बिगत, भाग्यसँग लड्दै बित्यो ।

घाम पश्चिम डुब्न लागे, सुख अझै भेटिएन,
यति गर्छु, उति गर्छु, मनमा चाह गढ्दै बित्यो ।

घर कहाँ ? जहान कहाँ ? बालबच्चा खुसी कहाँ ?
अजम्बरी पाए सरि, परदेशमा सड्दै बित्यो ।

छाला चाउरी पर्न थाल्यो केश पनि झर्न थाल्यो,
कति नै पो बाँचिएला ! मनै मनमा डढ्दै बित्यो ।

आशै–आशमा, प्रतिक्षामा, जीवन बित्न लाग्यो हजुर !
नियतिले उभ्याएको, कठिन पहाड चढ्दै बित्यो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
गरिबीका टालाहरू

गरिबीका टालाहरू

डिल्लीप्रसाद अधिकारी
आओस् नयाँ वर्ष

आओस् नयाँ वर्ष

निलहरि काफ्ले
थारा भैँसी पाल्छौँ हामी

थारा भैँसी पाल्छौँ हामी

शरण खत्री 'मृदुल'
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
भ्रष्टाचार हुन्छ

भ्रष्टाचार हुन्छ

कान्छा तिवारी
मर्नु छ

मर्नु छ

एम्.पी. कियरलेस