सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रस्ताव

Nepal Telecom ad

काठमाडौंले भोज खाएर
रछ्यानमा फालेको डङ्गुरलाई
‘भोको’ कर्णाली टुलुटुलु हेरिरहन्छ ।

अनि
‘काकाकुल’ काठमाडौं
भेरी र कर्णालीको
स्वच्छ निर्मल पानी
सपनामा देखिरहन्छ ।

‘दुर्गम’ कर्णाली एक महिना हिँडेर
काठमाडौंलाई भेट्न आउँछ,
र, एउटा ‘निवेदन’ गर्छ
अथवा भनौँ
प्रस्ताव राख्छ ।

“मेरो भोकसँग
तिम्रो तिर्खा साटौँ न,
मेरो मेहेनतसँग
तिम्रो लगानी साटौँ न
अनि मेरो इमानदारिता र
कर्तव्यपरायणतासँग
तिम्रो शीप र प्रविधि साटौँ न ।”

तर,
‘प्यासी’ आँखाले
केवल टुलुटुलु हेरिरहन्छ,
निवेदन मागेर
गोजीमा राख्छ,
अनि,
लुसुक्क सिंहदरवारभित्र छिर्छ
र त्यतै हराउँछ ।
बाहुनडाँडा, लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फर्केन छोरो घर !

फर्केन छोरो घर !

हाेमनाथ घिमिरे
वृद्ध चिन्तन- दुई

वृद्ध चिन्तन- दुई

हाेमनाथ घिमिरे
वृद्ध चिन्तन (१)

वृद्ध चिन्तन (१)

हाेमनाथ घिमिरे
अचम्म !

अचम्म !

हाेमनाथ घिमिरे
नाङ्गो !

नाङ्गो !

हाेमनाथ घिमिरे
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल
यी हातहरू

यी हातहरू

टङ्कबहादुर आले
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला