सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ठूलाघरेहरू

Nepal Telecom ad

ठूला घरका झ्यालका पर्दाहरू पातला भकाए छन्
पारदर्शी भएका छन्
हुँदा–हुँदै ठूला घरका झ्यालका
पर्दा हराएका छन्,
अहिले त
भित्रका दृश्यहरू देखिँदै छन्
तर थाहा छैन उनलाई
अनि त
ठूला घरेहरू ढुक्क छन्
तर उनका मन र पेटहरू
छरपस्ट भएका छन्–
उनका भ्रष्ट कृत्यहरू
सर्वत्र पुगेका छन् ।

पर्दा लाउनु भनेको
दृश्यहरू छोप्नु हो
दृश्यहरू रोक्नु हो
दुष्कृत्यहरू रोक्नु हो
त्यसैले
ठूला घरमा
धेरै पर्दा लाग्छन्
ठूला घरमा दुष्कर्महरू धेरै हुन्छन्
ठूला घरमा अधर्म र पाप पनि धेरै हुन्छन् ।

ठूला घरेहरू
पहिला पहिला त
बाक्ला र मोटा पर्दा लगाउँथे
र लुकेर दुष्कर्म गर्थे
भद्रताको खोलभित्र, आवरण भित्र बस्थे
दुष्कर्म र पाप त गर्थे
तर
शालीन देखिन रहर गर्थे
अभद्र मन र मस्तिष्क लुकाएर
भद्र देखिन रहर गर्थे
बाक्लो पर्दा भित्र बसेर
षडयन्त्रकारी मनलाई धारिलो बनाउँथे ।

अहिले त
ठूला घरेहरू,
कमिसन खान बानी परे
जाली बिल बनाउन बानी परे
त्यसैले
ठूला घरेहरू
पातला पर्दा किन्न थाले
मोटा बिल बनाउन थाले
अझ अहिले त
ठूला घरेहरू
बिलमात्र बनाउन थाले
पर्दा लाउन छाडे
आफ्नै घरको पर्दाको
जाली बिलमात्र बोक्न थाले
र झ्यालमा पर्दा लाउन छाडेपछि
ठूला घरेहरू
झन् धेरै दुष्कर्म र पाप गर्न थाले ।

झापा
२०७१ जेष्ठ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साँढेहरू

साँढेहरू

लीला उदासी
भत्काउनेहरू

भत्काउनेहरू

लीला उदासी
फोहोरको डङ्गुर

फोहोरको डङ्गुर

लीला उदासी
सिंहदरवार

सिंहदरवार

लीला उदासी
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली
नाटकै नाटक

नाटकै नाटक

डा. खगेन्द्रप्रसाद दाहाल