सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेपाल नौलो

Nepal Telecom ad

यता देश खाने उता देश लाने,
कुरा यी नमानेपछि ज्यान जाने ।
उतैबाट भित्रीरहेको छ औलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

लफङ्गा र झल्ला बढे यत्रतत्र,
भए कुन्डले मन्डले झन् प्रसस्त ।
यिनैले गरे देशमा भाँडभैलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

हिमालीय छानो छ यो देश सानु,
तथापि त्यहाँ पर्छ मागेर खानु,
दुखी दीनका निम्ति गाडिन्छ मौलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

उता गाउँमा मर्नलागे गरीब,
यता केन्द्रमा मोजमस्ती अतीब ।
दुखी छट्पटिन्छन् नपाएर जाउलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

चुनावीय भो देशको संविधान,
सबै छन् बसेका यही देश खान ।
अलेली गरेरै खनिँदैछ खौलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

यहाँ भाइभाइ प्रतिद्वन्द्व भा’छन्,
दयाधर्म सारा हराएर गा’छन् ।
बगेको छ उर्लेर जातीय खोलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

पुरानो भयो देशको संस्कृतित्व
भनी ल्याइँदैछन् विदेशीय वस्त्र ।
कठै जेलमा छन् नि साडी र चोलो !
त्यसैले बनेको छ नेपाल नौलो ।।

छ नेतृत्वलाई अनीकाल कत्रो,
त्यसैले त चाहिन्छ सत्तो र भत्तो ।
पुरा देशले नै भिरेको छ झेउलो,
त्यसैले बनेको छ नेपाल नौलो ।।

उहिल्यै थिए जातमा चार मात्र,
हिजो आज छन् चार्सए जातभात ।
ठुलाले यही नै भनेको, गरेको
हुनाले बनेको छ नेपाल नौलो ।।

सुरूङ्गा, झापा

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मुलाको मुरली : एकसरो हेराइ

मुलाको मुरली : एकसरो...

काेमलप्रसाद पोखरेल
‘अनपाम’ जोडी र उसको क्रान्तिकारी कदम

‘अनपाम’ जोडी र उसको...

काेमलप्रसाद पोखरेल
दुःख छ अर्थात् खाँचो छ

दुःख छ अर्थात् खाँचो...

काेमलप्रसाद पोखरेल
अत्याधुनिक अधिवेशन र दैनिकी

अत्याधुनिक अधिवेशन र दैनिकी

काेमलप्रसाद पोखरेल
जनता र तेल, नेताको खेल

जनता र तेल, नेताको...

काेमलप्रसाद पोखरेल
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम