सूर्य सेलाएर भयो हिउँभन्दा चिसो
आगो बिलाएर भयो बरफभन्दा सेतो
हेमन्तको सगरमाथा अङगारभन्दा कालो
आउँदो रैछ उसलाई पनि प्रजातन्त्री हुने पालो
यसरी पो गोरु पनि ब्याउँदो रहेछ ।

स्वदेशका विदेश लगी कति बेचेँ मूर्ति
राष्ट्रभक्त मै हुँ भनी लगाउँथेँ फूर्ति
केटी लगी विदेश बेची कुरा गर्थें ठूला
जति जाँड खाए पनि उनै चढ्थे चुला
यसरी पो गोरु पनि ब्याउँदो रहेछ

प्रजातन्त्र आयो आयो उसलाई पनि आयो
कति मार्यो मान्छे पनि कति पैसा खायो
जति जे जे गरेको थ्यो सबै भयो सभ्य
प्रजातन्त्री क्रान्तिकारी हब्वे न कब्वे
यसरी पो गोरु पनि ब्याउँदो रहेछ ।

चन्द्रमा र वृहस्पति परिदिँदा दाहिना
जसो–जसो गरे पनि हुँदो रै छ चैन
यसरी पो गोरु पनि ब्याउँदो रहेछ ।
धरमपुर, झापा