काठमाडौं/२०७१ असार १५ । हास्य कलाकार किरण केसीले आफ्नो जन्मदिनको अवसरमा विशेष कार्यक्रमको आयोजना गरेका छन् । काठमाडौंमा आयोजना गरिएको कार्यक्रममा ‘हास्यव्यङग्यमा के छ ?’ भन्ने विषयमा बहस गरिएको थियो ।

चर्चिर्त हास्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, जितु नेपाल, शिवहरी पौडेल, चट्याङ मास्टर, रामकुमार पाँडे, कुमार कट्टेल लगायतले उक्त बिषयमा आफ्नो भनाई प्रस्ततुत गरेका थिए । कलाकार मदनकृष्ण श्रेष्ठले आफूले हास्यका माध्यमबाट व्यङग्य समेत हान्ने भएकाले हास्यव्यङ्ग्य कलाकार भन्न आग्रह गरे ।

कार्यक्रममा चर्चिर्त हास्यव्यङ्ग्य लेखक तथा निर्देशक रामशेखर नकर्मी र चर्चित पत्रकार पुष्करलाल श्रेष्ठलाई जनही नगद १० हजार र सम्मानपत्रबाट सम्मानित गरिएको थियो ।

कार्यक्रममा नायिका दीपाश्री निरौलाले दिएको उपहार विशेष रहन पुग्यो । दीपाले किरण केसीलाई ‘मकैको झुत्ता’ उपहार दिएकी थिइन् । ‘राता मकै’को नाम अनुसार आफूले मकै दिएको दीपाको भनाइ थियो । कार्यक्रममा नेपालका चर्चिर्त हास्यकलाकारको बायोग्राफी समेटिएको पुस्तक समेत विमोचन गरिएको थियो ।

हास्यकलाकार किरण केसीले असार १५ मा सर्धै आफ्नो जन्मदिन हास्यकलाकारसँग मिलेर मनाउँदै आएका छन् । कार्यक्रमको सपाप्तिपछि सहभागी सबैलाई असार १५ को अवसरमा दही चिउरा पनि खुवाइएको थियो ।