सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डायरीको पानाबाट

Nepal Telecom ad

सानैदेखि पढाइभन्दा लडाइतिरै लागियो
जति पटक जाँच दिए पनि आलु मात्र खाइयो,
छिमेकीका कुखुराकुखुरीको बिल्लिबाठ पारियो
काली–गोरी सबैसँग मायापिर्ती लाइयो ।

बुर्जुवा शिक्षा बहिष्कारको नारा घन्काइयो
डाँडापाखा जताततै आँखा सन्काइयो,
भूमिपति भूमिगतबाट मन्त्र ग्रहण गरियो
यताउता गर्दागर्दै नेतामा नाम दरियो ।

गाउँमा टिक्न नसकेर राजधानी चढियो
अन्डरग्राउन्ड भैटोपली दलानमा सुतियो,
छोयला कचेला बजाउँदै कोपरामा चुठियो
बस्दै जाँदा घरबेटीकै बुढीकन्या ल्याइयो ।

ओभरग्राउन्ड हुँदासम्म दर्जन नघाइयो
चुनावमा टिकट पाइयो बुथ कब्जा गरियो,
चुनाव जितिसकेपछि सिंहदरबार छिरियो
बल लगाई दल फुटाई मन्त्री पनि भइयो ।

पालैपालो स्वच्छ छविमा नाम दर्ता गरियो
विज्ञान, महिला, वन हँुदै सबैथोक भइयो,
पाँडे भाषण ठोक्नु ठोकियो, सुन पनि बोकियो
नाउँ फेरियो ठाउँ फेरियो संसार पनि हेरियो ।

पार्टीको नाम बेची ठोक्नुसम्म ठोकियो
अग्रगमन र प्रतिगमनको खेल पनि खेलियो,
कुदाउने र उडाउने त खेलाडी नै भइयो
अन्डरग्राउन्डकीलाई छोडी अर्कैतिर गइयो ।

अन्डा मात्र फुटाइएन डन्डा पनि चलाइयो
गर्नु नगर्नु खेल गरियो झेल पनि गरियो,
नपढेर के नै भो त पढेकालाई चलाइयो
अब त प्रमको खातामा पनि नाम दर्ता गरियो ।

\’समकालिन नेपाली साहित्यसङ्ग्रह\’बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अभियन्ताहरूलाई !

अभियन्ताहरूलाई !

गोविन्द वर्तमान
ज्योतिषी बा- ४

ज्योतिषी बा- ४

शेषमणि आचार्य
को हो त त्यो मालिक ?

को हो त त्यो...

घनश्याम रेग्मी
होली आयो – होली गयो फुस्सा !

होली आयो – होली...

लक्ष्मण नेवटिया
घर

घर

तारा पराजुली