सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कवि भानुभक्तलाई मरणोपरान्त पनि कैद

Nepal Telecom ad

राम्रो काम गरे पुरस्कृत भइन्छ, नराम्रो काम गरे झेलखान गइन्छ भन्ने कुरा सुनी मालुम भईआएको हुँदा मेरा मगजाँ पनि यो कुरा बेला–बेला खत्रक्क खस्छ । भुईंमा जन्मेर भुइँमै खेल्दै भुइँमै हुर्केका मान्छेका कुरा भुइँकै सन्सारमा घुम्दो रहेछ । हुनत संसार भनेकै भूईं हो । पढन्ताहरूले भूगोल–खगोल भनेर छुट्याए पनि आफ्ना लागि संसार सगोलै छ न पूूर्वी गोलार्ध, न पश्चिमी गोलार्ध । अझ हाम्रा मुलुकको चलनचल्तीको कुरा गर्ने हो भने त काठमाण्डू नै नेपाल भई आएको छ । राणाशासनदेखि राजाशासनसम्म, बडाकाजीदेखि ओडाकाजीसम्मका नेता, अभिनेता र खलनेतासम्मको शान–अभिमान त्यही खाल्डोमा गुँड लाउनुमा रहेको छ । ‘बढुवा हुन दुर्गम गएझैं गर दुई वर्ष नपुग्दै राजधानीमा सर !’ भन्ने उखान कर्मचारीको मार्गनिर्देशक सिद्धान्त बनेका बखत कहाँ आशावादी मान्छेले यस्ता भुइँफुट्टा गफ गरेको ? तपार्इं भन्न सक्नुहुन्छ । तर मलाई त के लाग्छ भने वास्तवमा भुइँफुटेपछि त सृष्टि अघि बढ्छ ! धर्ती त्यसै पर्ती छाड्ने हो भने कुरै नगरौं, नत्र भने भुईंफुट्टा नभै आजको संसारमा बाँच्नु असम्भव भईसक्यो । यता छक्काऊ ! उता धम्काऊ ! अलिकति घुर्की लगाऊ, अलिकता फूर्ति देखाऊ, अनि पो मान्छेले पत्याउँछ । तलबितल नपारी कहीं नाफा निस्कन्छ ? कर्मचारी भए खरिदशाखा रोज, बिल बढाऊ, कमिशन हसुर ! पुलिस भए मान्छे कुट अथवा भुट, न्यायाधीश छौं भने त हुनसम्म भै हाल्यो नि ! घूस खाऊ ! पैसा कमाऊ ! विरोधी कोही निस्कन खोज्यो भने मानहानीको डन्डा चलाऊ ! बस तिमीलाई छुने कसको तागत ! राजनीति गर्दै छौ भने पनि पैसावालको राजनीति गर ! हरिटाट कङ्गालको होइन, गरीब सर्बहारासँग के हुन्छ र ? आखिर सन्सारमा बलिया बाङ्गाको त हुकुम चल्छ । लुरे–पिलन्धरे निर्धाहरूले कराउनु भनेको प्राकृतिक स्वभाव दर्शाएका मात्र हुन् । राम्रो काम गरेका भए उनीहरूलाई उहिल्यै पुरस्कार मिलिजान्थ्यो । त्यसोहुँदा रहरको बहर बनेर नहिँड ! बरु कहर सहन सिक ! यसै जुनीमा हालत सपार्छु भन्ने विचार पटक्कै नराख !

ल भैगो यस्ता कुरा छाडौँ । बिना–बित्थै सृष्टि भयाका गयाका पण्डाजस्तै ठगहरू लोकसुधारक बनेको बहुदलीय धनतन्त्रमा जनतन्त्रको सपना देख्ने लेखन्ताहरू मात्र हैन, राणाशाहीदेखि राजाशाहीसम्मका सबै लेखकहरू मजाकिला रहिआएका छन् अहिले भानुभक्तकै बारेमा थोरै कुरा गरौँ, अरुको कुरा पछिपछि गर्दै गरौंला ।

भानुभक्त आचार्य मजाकिला मान्छे थिए । एउटी बूढीले मकै भुटेर खान दिँदा मोही र मुलाको खोजी गरे । गजाधरकी बूढीमाऊलाई नरक जाने मान्छे भने । उनीहरू निर्धा थिए । तर राणाशासकसँग भने निकै जम्लेहात गरी पुकारा गरे– कैदखानामा बस्दा पनि ठूलो चइनमा बसेको बताउँदै लामखुट्टे, उपियाँ, उडुसहरूको नाचगान हेर्दै रमाएको, कुनै पीर सन्ताप नभएको गफ ललकारे । आखिर कवि रसिक हुन्छन् भनेको साँचो रहेछ । रसिकता रङ्गरसको खेल पनि त हो । कोही प्रेमरसमा रमाउँछन्, कोही करुणको आँसु बगाउँछन् । भानुभक्तले शिवपार्वतीको होइन, नलदमयन्तीको होइन, सावित्रीसत्यवानको होइन, जनकपुत्री भनिने खातेकेटी र दशरथपुत्र भनिने नियोगपुत्रका बीच भनेको कल्पनाद्वारा सिंगारिएको वाल्मीकि रामायणलाई नेपालीमा ढालेर छाडे । कान्तिपुरका चपलाहरूको लस्कर देखेर स्वर्गका अप्सरा ठाने पनि दुई दुना चार भन्न नसक्दा, हिसाबकिताव ठीकसँग गन्न नसक्दा कुमारीचोकमा ठिँगुरिनुपरेको थियो । जिउँदाजिय जुन गोता भोग्नुप¥यो त्यो त छँदै थियो तर उनले काठमाण्डूका नेवारहरूलाई खुशी पार्ने काम नगरेको हुँदा मृत्युपछि पनि रानीपोखरी छेउमा कैद हुनुपरेको छ । भानु माविको आँगनमासम्म छिर्न दिइएन । पर्खाल बाहिरै थुनेर राखियो । मेरा कुरा साँचा हुन् । कसैलाई पत्यार नलागे निरीक्षण गरे हुन्छ । बिर्के टोपीमा ठुस्स परेका भानुभक्तलाई सहजै चिन्न सकिन्छ । परन्तु उनीहसँग किताब, कापी र कलम नभए पनि नेपाली भोटो छँदै छ ।

भानुभक्तलाई मृत्युअघि मात्र कैद हैन, मृत्युपछि पनि यसरी कैद गरेर राख्नुको कारण के होला ? भनेर एकदिन आशावादी अर्जेल आफ्नै सुरले अनुसन्धानकार्यमा जुट्ने अठोट ग¥यो । जाँचबुझका क्रममा के कुरा पत्ता लाग्यो भने रामायण लेख्दा भानुभक्तले शूद्रहरूलाई सारै नै हेपेका रहेछन् । काठमाडांैका नेवारमा पनि नकर्मीहरू त्यस्तै शूद्रमा गनिँदा रहेछन् । रामचन्द्रले सम्वुकलाई तरवारले काटेर मारेको कुरालाई भानुभक्तले धर्मकार्य भनिदिएका रहेछन् । दशरथकी रखैल सुमित्रालाई पनि रानी भनेका र सरयुमा हाम फालेर आत्महत्या गरेका रामचन्द्रले वेश्यापुत्र वशिष्ठलाई गुरु थाप्दा हीनताबोध गरेनन् तर सीतासँग सम्बन्धविच्छेद गरेर पुनः सकार्दा हीनतावोध गरेको कुरालाई लुकाएका रहेछन् । सीता स्वयं मरी भन्ठानेर फ्याँकिएकी, “सिट” भनिएको बच्चा पनि छैनन् । नेवारीमा “सिट” भनेको “म¥यो” भन्ने नै हुन्छ । त्यही “सिटः” बाट अपभं्रश भएर ‘सीता’ नाम बनेको हो भन्ने तर्क पनि काठमाण्डूमा सुनिन्छ । भानुभक्तले नेपाली भाषा–साहित्यलाई गुन लगाए पनि नेवारी भाषालाई केही पनि लेखिदिएनन् । काठमाण्डूका नेवार भन्नेको थर सप्पै नेपाली र उनीहरूले बोल्ने बोली “नेवाल भाषा” हो भन्ने कुरा पनि भानुभक्तका मगजमा घुसेन । घुसेकै भए पनि नेपाली भनेको शूद्र, छुन नहुने– दमै,कामी, पोडे, च्यामे, नकर्मी जस्ता थर, जात वा सम्प्रदाय हुन् भन्ने खतरा थियो । त्यसैले ‘झि नेवाः’ नभनीकनै भानुभक्त मरे । पाल्पातिर बस्ता ‘ङा मगर’ भन्ने पनि उनले सिकेनन् । त्यतिखेर सबैतिर चलेको नेपाली भाषालाई अँगाल्दा उनी ‘पाखे’ भनिए । यतिखेर पनि आशावादी अर्जेलजस्ता नेपाली प्रेमीहरूलाई “खश र पर्वते” भन्दै होच्याउने गरिन्छ । भानुभक्तले मृत्युपछि पनि कैदमा बस्नु परेझैँ हामीलाई पर्ने छैन । किनभने हामीले ईश्वरको कथा नलेखेर मनुष्यको व्यथा लेखिरहेका छौं । कल्पनाको स्वर्ग भुलेर यथार्थको धरती डुलेका छौँ । तपाई र म मिलेर हामी हुन्छौं । हामी हुनु भनेको दम्पती बन्नु र सामाजिक मिलनतर्फ अग्रसर हुनु हो, एक्लो जीवनबाट मुक्त हुनु हो । मोक्षको खोजीमा भानुभक्तले गोजीमा कलम बोकेका थिए । हामीले के बोक्ने हो ? कोही बाँसुरी बोकेर ईश्वर बने, कोही सारङ्गी रेटेर देवी बने, कोही बन्दुक र बम बोकेर वैभवशाली बनेका छन् । नेपालीहरू खुकुरीको शानमा मान–अभिमान तान्दै छन् तर साम्राज्यवादी निरंकुशहरू भने निर्धाहरूमाथि एटम बम र क्षेप्यास्त्र हान्दै छन् । यी सब चर्तिकला देखेका भए कवि भानुभक्तले के लेख्ने थिए ? मैले कसोरी भनूँ !

हँसाउनका निम्ति हाँस्ने मान्छे चाहिन्छ । अथवा यसलाई अर्को लबजमा भन्दा रोएको मान्छेले हँसाउन सक्दैन । हँसाउनभन्दा रुवाउन सजिलो छ । कुरा ठीकै हो– सपार्नभन्दा बिगार्न सजिलो ! तर भानुभक्त भनेका आफू हास्य–कवि होइनन् । व्यङ्ग्य हान्नु बेग्लै कला हो । नेपाली– साहित्यमा हास्यव्यङ््ग्यलाई जोडेर साहित्यको एउटा रमाइलो फुलबारी बनाइएको छ । भानुभक्तदेखि भवानी घिमिरेसम्मका भक्तमण्डलीले जस्तासुकै कविता लेखे पनि रानीपोखरीको डिलमा बसेर टुलुटुलु सडक हेर्दै रोएका कवि भानुभक्तको भाषाप्रेम माया बिमलीको बच्चाप्रेमभन्दा कम छैन । तपाईं नेवार बनेर हेर्दा काठमाण्डू अलकापुरी नबने पनि अलखपुरी त बनेकै छ । देशको सारा बजेट र विदेशको सारा अनुदानको सबभन्दा ठूलो हिस्सा यहीँ स्वाहा हुन्छ ! नेपालको सिङ्गो र सन्तुलित विकासका निम्ति खै सोचेको ? त्यसैले ‘मगन्तेया देश ढाऊ ठोय काठमाण्डू खः ।’ किनभने यसलाई कहिल्यै कुनै कुराले पुग्दैन ।

भानुभक्तलाई काठमाण्डूको सडकछेउमा थुन्नुका रहस्य अनेक छन् । एउटा कुरा त उनी संस्कृतका विरोधी र नेपालीका समर्थक देखापरे । अर्को कुरा नेवारभाषालाई ‘नेवाः भाष्य’ भन्न पनि सकेनन् । नेवाल वा नेपाल भाषा पनि भनेनन् । नत नेवाः कुनै शुद्ध जातीय बनौट भएको मानवसमुदाय हो भने न त्यसको व्यापक राष्ट्रिय चिन्तनधारा छ भने, वास्तवमा सबतिरको बटुलबाटुल परम्परामा नै काठमाण्डू खडा छ । मुसलमानको मस्जिद, जैनको मठ, नानकको गुरुद्वारा, हिन्दूको मन्दिर, शैवको पशुपति, बौद्धको स्वयंभू, इसाईको चर्च, रजनीसको ध्यानकेन्द्र, बोन्पोको ध्याङ, शाक्यको विहार जे खोज्यो त्यो पाउने, जे मनलाग्यो त्यो लाउने ठाउँ काठमाडौँ भएको हुँदा भानुभक्तले नेवारीमा भजन नलेखे पनि केही बिग्रेको छैन, बरु राम्रै भएको छ । उनले संस्कृतको विरोध गरेर जनताको भाषामा अर्थात् नेपालीमा लेखेर ठीकै गरे, त्यसैले मृत्यूपछि पनि जेल परे ।

काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तेल घस्ने खेल

तेल घस्ने खेल

विष्णु प्रभात
खाओवाद जिन्दावाद !

खाओवाद जिन्दावाद !

विष्णु प्रभात
स्वार्थजीवी भव सब !

स्वार्थजीवी भव सब !

विष्णु प्रभात
एघारौँ अवतार

एघारौँ अवतार

विष्णु प्रभात