सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

केही परिवर्तित उखान

Nepal Telecom ad

– अलिअलि जान्नेलाई खुर्पाको बिँड, ठ्याम्मै नजान्नेलाई बटारिएको लिँड ।
– जति ल्याए पनि सालीको कान बुच्चाको बुच्चै ।
– अर्थ न बर्थ गोविन्द गाई, भुँडी छ खाली घाँटीमा टाई ।
– खुस्किन लागेको मन्त्रीलाई ड्राइभरले पनि हेप्छ ।
– छोरीले हिर्काएको सुधो ज्वाइँ, सासूलाई देख्ता तर्सिन्छ ।
– बाह्र छोरा तेह्र नाति बूढाको आँखा म्याडोनाको तस्वीरमाथि ।
– चौध वर्ष बहुदल चल्यो, प्रजातन्त्र खोई ?
– छन् कुर्सी सबै मूर्ति, छैनन् कुर्सी सबै फूर्ति ।
– आफ्नो आङको कट्टु नदेख्ने, अरूको आङको लँगौटी ।
– घूस दिने ग्राहकको गाली पनि सहनुपर्छ ।

जम्बूमन्त्री

Fitkauli Publication Books comming soon
Nepal Telecom ad