सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

घोडाहरू/घोडीहरू

Nepal Telecom ad

लामो यात्राका लागि छानेका घोडाहरू
घोडा नभएर गधा परेछन्
चङ्गेज खाँको घाँसे मैदानमा चरेर
जङ्गबहादुरको नाचघरमा कराइरहेछन्
मीठो गीत गाएको भ्रममा
अरूसँग हैन,
आफैँसँग डराइरहेछन्
एउटा अर्कोको नजिक पर्दा
धातु–जाँचक लगाइरहेछन्
हाम्रो सभ्यता बिगार्न
जण्डु–पातकी आइरहेछन्
कसैले पान चपाइरहेछन्
कसैले स्वाभिमान चपाइरहेछन् ।

लामो यात्राका घोडीहरू
सुत्केरी नभैकन बछडा डुलाउँदै छन्
आफ्ना अस्तबलहरूमा
विदेशी टाँगन हुलाउँदैछन्
बस्ती भुलेर मस्ती उडाउँदै
पराश्रयको बग्गी गुडाउँदै
सगोलका सम्बन्ध चुँडाल्दैछन्
जनसमर्थनका पटट्ट ताली हैन
जनसमरका भटट्ट नाली बजे पनि
मालिक विरुद्ध हिनहिनाएको भ्रममा
परस्परमा कराइरहेछन्
बगाल फुटाल्दै हराइरहेछन् ।

दुर्गतिको खाडलमा पीप भरेर
समाज र सभ्यताको चरु होम्दै
वंशहरणको दिग्विजयमा
अश्मेध यज्ञको तयारी हुँदैछ !
तैपनि,
घोडाहरू घोडीहरू
हिन्हिनाइरहेछन् पुच्छर हल्लाउँदै
हिन्हिनाइरहेछन् याल हल्लाउँदै ।
पुतलीसडक, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
तेल घस्ने खेल

तेल घस्ने खेल

विष्णु प्रभात
खाओवाद जिन्दावाद !

खाओवाद जिन्दावाद !

विष्णु प्रभात
स्वार्थजीवी भव सब !

स्वार्थजीवी भव सब !

विष्णु प्रभात
एघारौँ अवतार

एघारौँ अवतार

विष्णु प्रभात
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल