सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेप्लीज् लिटरेरी फेस्टिबल

Nepal Telecom ad

त्यो नेशनल होइन, इन्टरनेशनल फेस्टिबल थियो । भेन्यू काठमाण्डू । काठमाण्डूमा पनि प्रज्ञा प्रतिष्ठानको पछाडि आडमा । सरी, नेपाल एकेडेमीको ब्याकयार्डमा । नेपालकै माटोमा भएको प्रोग्राम भएकोले अडियन्स र गेष्टहरू जम्मा भएर बसिसकेपछि मन्च बनाउने र माइक टेस्ट गर्ने काम शुरु भएको थियो । फिक्स्ड् टाइममा प्रोग्राम शुरु गरेर नेपाली कल्चर ब्रेक गर्नुहुँदैनथ्यो, गरिएन ।

फेस्टिबलको इन्भेस्टर इन्टरनेशनल कम्पनी भएकोले एकेडेमीको कम्पाउण्डमा नेपाली भाषाका एउटा पनि ब्यानर राखिएन । फेरि नेपाली भाषा साह्रै झ्याऊ । ह्रश्व–दीर्घको समस्या, जोड्ने र छुट्याउने झमेला, ‘ब’ र ‘व’ को बबाल, ‘स’, ‘श’ र ‘ष’ को टेन्सन । ब्यानरहरू अशुद्ध होलान् भन्ने त्रास । इङ्लिस धेरै सजिलो ।

नेपाली लिटरेचरको स्तर इङ्लिसको हाराहारीमा पुगेको प्रमाण पेश गर्न पनि प्रोग्रामको एनाउन्सिङदेखि रिपोर्ट प्रिजेन्टेशनसम्म सबैतिर फिफ्टी– फिफ्टी पर्सेन्ट नेपाली र इङ्लिस भाषाको प्रयोग गरिएको थियो । फेरि त्यो भाषा वा व्याकरणगोष्ठी पनि त थिएन, लिटरेरी फेस्टिबल जो थियो ।

प्रोग्रामको अन्तिम दिन व्यङ्ग्यकार विमल निभाको बुक ‘डायनोसर जिउँदो छ’ को विमोचन प्रवचन हलमा सम्पन्न भयो । फूल्ली इन्टरनेशनल सेसनहरू मुख्य हलमा, सेमी इन्टरनेशनल सेसनहरू डबलीमा र नेशनल टाइपका सेसनहरू प्रवचन हलमा गर्ने व्यवस्था मिलाइएको थियो । त्यो कितावको नाम ‘द डायनोसर इज अलाइभ’ भएको भए त्यसलाई डबलीमा विमोचन गर्न सकिन्थ्यो । कस्तो संयोग मिलेको भने विमल निभाका डाइनोसर पात्रहरू फेस्टिबलमा जिउँदै यताउता गर्दैथिए । तिनीहरूमध्ये कोही विमलको कितावभित्र भएका ह्रस्वदीर्घका त्रुटीहरू खोतल्दै थिए । कोही शुद्ध नेपाली भाषामा पुस्तकको समीक्षा गर्दैथिए । अझ केही डायनोसरहरू त लिटरेरी फेस्टिबलको मेन सेसन हुने ब्याकयार्डको हलमा पनि हल्लिरहेका देखिन्थे । तिनीहरू आयोजकले बाँडेका ब्रोसर ओल्टाइपल्टाई गरेर त्यसमा छापिएको भाषा खुट्याउने प्रयाश गरिरहेका थिए । चस्माभित्रबाट, चश्मा माथिबाट, चश्मा खोलेर, आँखामै ब्रोसर टाँसेर, आँखाबाट टाढा लगेर त्यहाँ छापिएका अक्षर चिन्न खोज्दैथिए । ब्यानरमा लेखिएका वाक्यहरूको अर्थ फुटाउने प्रयाश गर्दैथिए । कोही सभालाई अलि परैबाट मुन्टो तन्काएर हेर्दै नेपाली साहित्यको मेला भन्ठानेको, अन्तै पो आइएछ गाँठे भन्दै फर्कँदै थिए ।

केही सेसनहरू अलि पुरातन टाइपका थिए । जस्तै, ‘साहित्यको भाषा ।’ ‘सुर, ताल, शब्द ।’ ‘नेपाली साहित्यमा नारी चेतना ।’ ‘साहित्यिक पत्रिका हिजो र आज ।’ ‘नयाँ निवन्ध ।’ ‘कविताका शक्ति र सीमा’ आदि । फेस्टिबल नसुहाउँदा यस्ता सेसनहरू आगामी वर्षहरूमा अवस्य हटाइएला । डबली, प्रवचन, लगायत थुप्रै शब्दहरूलाई इङ्लिसमा ट्रान्स्लेट नगरी राखिएछ । आगामी फेस्टिबलहरूमा यस्ता त्रुटीहरू कम हुँदै जालान् ।

ती बाहेक धेरै सेसनका टाइटलहरू ज्यादै आकर्षक, टिपिकल र नयाँ नेपाल सुहाउँदा थिए ।
‘रिडिङ इन द टाइम अफ न्यू मिडिया’ आहा !
‘मिडिया स्पिक ः हाऊ मिडिया टक्स् टु अस्’ मेरि आम्मै !
‘अडियन्स लष्ट एण्ड फाउण्ड’ ओहो !
‘द थ्री पिलर इकोनोमी मन्त्र फर प्रोस्परेटी’ वा ! वा !
‘बुक्स् लभ्ड एण्ड लस्ट’ बाबा ठाकुरे !

एउटा घनघोर आश्चर्यको टपिक पनि रहेछ एउटा सेसनमा ‘नेपाली कसरी लेख्ने ?’ वास्तवमा फेस्टिवलको सबैभन्दा झुर सेसन त्यही थियो, ‘नेपाली कसरी लेख्ने ?’

‘नेपाल’बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे