सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भोट दिउँ गधालाई

Nepal Telecom ad

कसैले मेरो ढोका ढकढकायो
खोल्दा घरमा नेता आयो

भैंसी जस्तो शरीर उसको, गलामा फूलको माला
अघिपछि डन उसका कोही भतिजा कोही साला
मलाइ एक्लै घरमा देखी नेता मुस्कुरायो
मानौं जङ्गलमा स्यालले पायो एक्लो खरायो ।

मैले हात जोड्नु अघि नेताले नै हात जोड्यो
मैले सलाम गर्नु अघि उसैले पो सलाम ठोक्यो
नसुनेको कहिल्यै नदेखेको बिपरित हुँदै आयो
अड्कल काटें– चुनाव आयो, या त ऊ बहुलायो ।

मैले पुरानै पाठ कण्ठ थियो सुनाएँ–
स्वागत छ, सवारी होस्, लौ पाल्नुहोस्
मेरो जे छ यहाँ सबै मनमाफिक तपाईंकै हो,
जे चाहियो अर्पण छ, खुसीसाथ लैजानुहोस् ।

यो सुनेर नेताजीले दुईटा दाँत देखाए
त्यो देखेर सब डनहरूका पूरै बत्तिसी उदाए ।

अनि नेता उवाच–
के तपाइँलाई थाहा छ ?
मैले डाइरेक्ट लुट्न छोडी दिएँ
इन्डाइरेक्ट यो मोड लिएँ
चुनावमा उम्मेदवारी दिएको छु
अहिले त म तपाइँलाई लुट्न होइन
केवल भोट माग्न आएको छु ।

कति लुट्नु गाउँका झुपडीहरू ?
कति घुकाउनु गाउँका कुकुरहरू ?
योभन्दा त इन्डाइरेक्ट देशै लुटेर
टिभीमा पत्रकारहरू बिच देखिन्छु बरु ।

नेताजीको कुरा मलाई राम्रो लाग्यो
आफ्नो सुरक्षाको आस जाग्यो
सोचें– यसलाई त जसरी पनि जिताउनै पर्छ
यसलाई गाउँबाट भगाउनै पर्छ
ऊ सुहाउँदो चुनाव चिन्ह पनि रहेछ
गधा छापमा मत खसाउनै पर्छ ।

नेताका लागि भोट माग्न मन लाग्यो मलाई
घर घरमा डुलेँ रोई कराई–
भोट दिउँ यो लिच्चड गधालाई
जिताउँ जिताउँ हाम्रो नेतालाई ।
बत्तिसपुतली, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर