सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

झगडा

Nepal Telecom ad

खकालोको कालो नधुन धुन हे राम ! झगडा
सिकारीको दारी नछुन छुन बेकार झगडा
किसानीकी सानी अति चुलबुले पो छ झगडा
कुनेता नेताको विदल दलका बीच झगडा !

उरन्ठ्यौली ब्यौली खसम सम मानेर झगडा
महात्माको आत्मा सुरत र सुरा खोज्छ लफडा
उजेली चेलीको उखुम मद मातेर कचडा
कुसुन्डो गुन्डोले सिउर उर छामेर झगडा ।

कुतन्त्री मन्त्रीको किचमिच निया शासन कडा
सती सावित्रीको दिनभर ठिकै रात लफडा
खिचेको फित्कौली वरपर निसाना छ तगडा
मट्याङ्ग्रो ढ्याङ्ग्रोमा पट पटट लागेर झगडा ।
सानेपा, ललितपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वासुदेव

वासुदेव

भूवनहरि सिग्देल
आजको कविता

आजको कविता

भूवनहरि सिग्देल
आफ्नै परिचयको खोजी

आफ्नै परिचयको खोजी

भूवनहरि सिग्देल
नेपाल आउन्नँ म

नेपाल आउन्नँ म

भूवनहरि सिग्देल
मेरो कहाँ देश छ ?

मेरो कहाँ देश छ...

भूवनहरि सिग्देल
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
खवरदार

खवरदार

दुर्गाप्रसाद ग्वालटारे
व्यभिचार

व्यभिचार

राजाराम बर्ताैला
तरबार धुँदै छु म !

तरबार धुँदै छु म...

डा. रामप्रसाद ज्ञवाली
मुस्किल छ

मुस्किल छ

बिन्दु दहाल ‘मूकदर्शक’