(बाल हास्य एकाङ्की)
पात्र : छोरो, छोरी, बाबु, आमा, हजुरबा,पुरोहित, केटाकेटीहरू ४–५ जना
छोरो छोरी र केटाकेटीहरू ८ देखि १०,१२ बर्षसम्मका, भोजमा लगाउने पहिरनमा
बाबु ४०,४५ बर्षको ,सुटेड बुटेड, धनीमानी जस्तो लाग्ने
आमा ३५,४० बर्ष, साधारण धोती सारीमा
पुरोहित ३०,३५ को, माथिल्लो भागमा सर्ट कोट टाई, तल्लो भागमा धोती लगाएको
हजुरबा ७५,८० को, हेर्दा बहुलाजस्तो लाग्ने लामो जिङ्रिङ्ग कपाल


दृश्य १

स्थान : घरको कोठा वा ऑगन

(बाबुको श्राद्ध गर्न भुई‘मा टपरा, दुना, कलश आदि सजाएर राखिएको देखिन्छ । वरिपरि ४–५ बटा कुर्सीहरू राखिएका छन् । एकैछिनमा भित्रबाट आमा नाङ्लोमा थप केही टपरी लिएर पस्छिन र भुइ‘मा सजाउ‘छिन् ।)
(बाबुको प्रवेश । बाबु सुटेडबुटेड । हातमा ब्रिफकेश)
बाबु – (ब्रिफकेस राख्तै, कुर्सीमा बस्छ ) के गर्न लाग्या ?
आमा – (छक्क पर्दै) लौ, बिहानै भन्या होइन आज बुबाको श्राद्ध भनेर......।
बाबु – सराद्धे न फराद्धे ! एउटा सराद्धे गर्न कति पैसा लाग्छ थाहा छ ?
आमा –(प्रश्न गर्दै) कति लाग्छ ? ४–५ सौ लाग्ला !
बाबु – (छाती समातेर आत्ति‘दै) ४..५ सौ ? गर्नु पर्दैन सराद्धे ! (रोकिएर) होइन मेरा बाको सराद्धे गर्न तिमीलाई केको खसखस हँ‘ ? गर्दिन रे म सराद्धे भयो ? पैसाको नास !
आमा – (रिसाउँदै) होइन,... त्यो बैङ्कमा लुकाएर राखेको करोडौ रुप्यॉ कहिले काम लाग्छ हँ ?
बाबु – (झर्केर) नकराऊ ! सुन्लान् केटाकेटीले । करोड रुप्यॉ छ भन्दैमा सराद्धे, पूजा, दान, उपहार, चन्दा गरेर सक्ने त ?
आमा - (प्रसङग परिवर्तन) पुरेतलाई फोन गर्नुस् न । अझै आएनन् ।
बाबु - ए ! पुरेत पनि बोलाइसकेको ? कसलाई बोलायौ ?
आमा - उही त हो नि, खत्खतानन्द खतिवडा ।
बाबु - कहॉ त्यो ओल्ड डिजाइनलाई बोलाएको ? म क्यान्सिल गर्दिन्छु ।
आमा - (हतार हतार) के को क्यान्सिल गर्नु । चुप लागेर बस्नुस्, म आफै फोन गर्छु ।
बाबु - म कर्मकाण्ड डट कममा फोन गर्छु । आजकलको जमानामा पनि ....। (मोबाइल झिकेर फोन गरेजस्तो गर्छ तर गर्दैन)
आमा - (छक्क पर्दै) फोन किन नगरेको ?
बाबु - मिस कल द्या छ । गर्छ नि उतैबाट !
आमा - हरे..! एक कल गरे त भइहाल्यो नि !
बाबु - अ‘, मोबाइलबाट फोन गर्छु ? एक कलको कति पैसा लाग्छ थाहा छ .... यी फोन आइहाल्यो नि ! (फोन उठाउँछ) हल्लो कर्मकाण्ड डट कम हो.... सराद्धे गर्न सबभन्दा सस्तो रेटको गुरुलाई पठाइदिनु पर्यो । उँ...उँ...।
आमा - (रिसाउ‘दै) होइन, बाबुको श्राद्ध गर्न पनि के बार्गेनिङ् गरिराख्या ?
बाबु - (फोनमा) मलाई चिन्नुभो नि होइन... ल ल तुरुन्त । छूट पनि गर्नुपर्छ नि !
(छोरो र छोरीको प्रवेश)
छोरो - (दौडेर आमाछेउ आउ‘दै) मामु ! मैले हजुरबाको सराद्धेमा साथीहरूलाई पनि बोलाएको छु है ?
आमा - सराद्धे होइन । श्राद्ध भन्नुपर्छ । पितृलाई गरिने श्रद्धा । बुझ्यौ ?
छोरी - मैले पनि साथी बोलाएकी छु । के खान दिने ?
बाबु -(हतार हतार) केरे केरे साथी बोलाएको रे ? किन बोलाएको ? सराद्धेमा पनि साथी बोलाउँछन् ?
छोरो - कहिले बोलाउने त ? वर्थ डेमा बोलाउँ भने खान दिन कति पैसा लाग्छ भनेर सोध्नुहुन्छ ।
छोरी - साथीहरू चाहि‘ हामीलाई सधै‘ बोलाएर खुवाउँछन् ।
बाबु - फोन गरेर सराद्धे क्यान्सिल भयो भन्देओ साथीहरूलाई ।
(४–५ जना केटाकेटीहरू हातमा उपहार वा पुष्पगुच्छा बोकेर आउ‘छन्)
केटो१ - (छोरातिर) हाए फ्यूचर । (उपहार दिदै) ह्याप्पी सराद्धे !
छोरो - थ्याङ्क्यू ! थ्याङ्क्यू ! (हात मिलाउँछन्)
केटी१ - (छोरीतिर) हाए मेमोरी । (उपहार दिदै) ह्याप्पी सराद्धे !
छोरी - थ्याङ्क्स् !
(सबैले उपहार दिन्छन्)
छोरो - (साथीहरूलाई आमाबुबास‘ग परिचय गराउँदै) हाम्रो बाबा मामु ।
सबै केटाकेटी - (हात जोडेर) नमस्ते अङ्कल । नमस्ते आन्टी ।
आमा - नमस्ते । बस नानीहरू । ए फयूचर साथीहरूलाई चिसो सिसो खुवाऊ है ।
बाबु - उपहार पनि ल्याएका रहेछन् । चिसो खुवाए हुन्छ । (दुई औ‘लाले थोरै भन्ने इशारा गर्दै छोरालाई) धेरधेरै खुवा है ! धेरधेरै ।
छोरी - जाउँ भित्र ।
आमा - जाओ जाओ । फलफूलहरू छ खाओ ।
(सबै केटाकेटी भित्र जान्छन् )
बाबु = अ‘ ! खान्छन् फलफूल ! एकदानो स्याउको कति पैसा पर्छ थाहा छ ? कहाँ राख्या छ फलफूल ? (उठेर जान खोज्छ)
आमा - (बाबुको हातमा समातेर तानेर कुर्सीमा राख्तै) कति लोभ गरेको । खोई तपाइँका पुरेत डट कम ?
(अनौठो भेषभुसाका पुरेत हातमा ल्यापटप कम्प्युटर लिएर प्रवेश गर्छन्)
पुरेत - गुडमडिङ् माई क्लायन्ट्स्, गुडमडिङ् !
बाबु - मडिङ मडिङ् । (दुवैजना हात मिलाउ‘छन्)
पुरेत - (आमातिर हात मिलाउन बढाउ‘दै) हाए म्याम् ।
आमा - (हात जोडेर नमस्कार गर्छिन् । पुरेत हात मिलाउन नपाएर जिल्ल पर्दै हात तल झार्छ)
पुरेत - अनि सबै समान तयार छ त ? दान दच्छिना, फलफूल, खानपिन ।
बाबु - त्यो त ठीक छ । तर तपाइँको रेट के हो ? कति पर्सेन्ट लेस हुन्छ ? पहिल्यै कुरा मिलाएर थाल्नुप¥यो नि । पछि फेरि किचकिच होला ।
पुरेत - रेट त मेरो फिक्स छ । मुखले किताव पढेर गराउने भए ५०० । कम्प्युटरबाट गराउने भए २५० ।
आमा - श्राद्ध पनि कसैले कम्प्यूटरबाट गराउँछन् ? मजाले पुस्तक पढेर गर्नुपर्छ ।
पुरेत - फूल प्रोसेस गर्ने हो भने त हजार रुप्याँ लाग्छ ।
बाबु - (छाति समातेर आत्तिदै) भो भो सराद्धे फराद्धे गर्नु पर्दैन । तपाई जानुभए हुन्छ । यू क्यान गो ल्यापटप पण्डित् ।
आमा - अब के को गो नि । सिटडाउन एन्ड स्टार्ट । त्यो कम्प्यूटरबाट मात्रै गरेर चाहि‘ हुदैन । मुखले पनि गर्नुपर्छ ।
पुरेत - उसोभए ककटेल ? ककटेल गरेको ३०० लाग्छ नि ।
बाबु - म डेड सयभन्दा दिन्न । गर्ने भए गर्नुस नगर्नेभए जानुस् । डेड सय भनेको थोरै हो ? डेड सय कमाउन कति गाह्रो पर्छ थाहा छ ?
पुरेत - ल २०० मा सम्झौता हुन्छ भने गरौ‘, नत्र मेरो होम डेलिभरी सर्भिसको फी दिनुस्, म जान्छु । बाबुको श्राद्ध गर्न त यस्तो लोभ गर्नेले बाबुलाई पाल्नुपर्या भए के गर्नुहुन्थ्यो होला .।
आमा - (रिसाएर झपार्दै) सुरु गर्नुस् न छिटो ।
पुरेत - ओपनमा क्लिक गरौ‘ त ?
बाबु - एक सौ पचहतर ....
आमा - (एक्कासी रिसाएर) चुप लाग्नुस् तपाइँ ।
बाबु - (डराउँदै) स स शुरु गरौ‘, शुरु गरौ‘ ।
(केटाकेटीहरूको प्रवेश । केटाकेटहिरू वरिपरि बस्छन् । बाबु कुर्सीमा अर्कातिर फर्केर बस्छ)
पुरेत - हरि ओम....। कुखुरे कुखुरे कुखुरे ....बङ्गुर शरणे । वफ मोमो भक्षणे ....रेड लेवल भक्षणम् । भ्रष्ट अवतारे....चौवीसै घण्टा धनदौलत मन कल्पे ....लफुङ्गा जिल्ला अन्तर्गत अलमल्ल गोत्रस्य ....। (बाबुतिर) तपाइँको नाम के ? बाबुको नाम के ?
आमा - बाको नाम हुत्तप्रसाद हतपते । उहॉको फुत्तप्रसाद फतफते ।
बाबु - (अगाडि फर्किदै) कहॉ त्यो ओरिजिनल नाम भनेको ?
पुरेत - हुत्तप्रसादको लोभी किरन्टोकी पुत्र फुत्तप्रसादस्य ... ल मम भन्नुस् ।
बाबु - कुन मोमो ? भेज हो ? 
पुरेत - मटन मटन ।
बाबु - एक प्लेट मटन मोमोको कति पैसा पर्छ थाहा छ ? वफ खानेभए मगाइदिउँला ।
पुरेत - चिकेन खाउ‘ भने फुलु लाग्या छ भन्छन् । हुन्छ ल हुन्छ । वफै भए पनि हुन्छ ।
आमा - (छक्क पर्दै) वफ मोमो पनि खानुहुन्छ गुरुजी ?
पुरेत - मोमो शुद्ध पिठोबाट बेस्टित हुन्छ । यसमा कुनै दोष लाग्दैन भनेर शास्त्रमा भनिएको छ । त्यस्ता वस्तुलाई नचपाइकन खाएमा कुनै फरक पर्दैन ।
छोरो - गुरु त ह्विस्की पनि सेवन गर्नुहुन्छ कि क्याहो ?
पुरेत - म जुन पायो उही सेवन गर्दिन । फलफूलबाट बनेको शुद्ध मात्र ग्रहण गर्छु । छ ?
बाबु - ओहो ... ह्विस्की ! एक पेग ह्विस्कीको कति पैसा पर्छ थाहा छ ?
आमा - (झर्केर ) केको ह्विस्की र स््िवस्की । श्राद्धमा पनि यस्तो कुरा गर्ने ? छिटो गर्नुस् ।
पुरेत - ल पिण्ड ल्याउनुस् ।
छोरी - के हो गुरु पिण्ड भनेको ?
पुरेत - पिण्ड भनेको पिण्डै हो । (एकछिन सोचेर) पिण्ड भनेको गोलो गोलो बलजस्तो.....(अचानक सम्झेर) अ‘, फूटबल अफ राइसपुडिङ् । ओके ?
सबै केटाकेटी - ओ.....! खिरको बल .....।?
आमा - (टपरी देखाउँदै) यी गुरु पिण्ड ।
पुरेत - बॉकी कर्मकाण्डलाई मैले कम्प्यूटर प्रोग्रामलाई सुपरफास्ट गरेर सकिदिए‘ । अब यो पिण्ड सेलाउन मात्रै बॉकी रह्यो । मेरो फी ल्याउनुस् । म जान्छु । यो पिण्ड म आफै‘ लगेर सेलाइदिउँला । पिण्ड सेलाएको चाहि‘ फी लाग्दैन । तपाईलाई बोनस नै भयो ।
बाबु - (पिण्ड लिन खोज्दै) ओहो ...यो पिण्ड त सहोदर छोराले सेलाउनु पर्छ । एउटा पिण्ड तयार हुन कति पैसा लाग्छ थाहा छ ? खोइ म आफै लैजान्छु ।
आमा - भो भो पर्दैन । पोहोरको जस्तो गर्नलाई । ऊ नानीहरूले लान्छन् ।
पुरेत - नानीहरूले जान्दैनन् । म लगिहाल्छु नि ।
छोरी - हामी लान्छौ ।
आमा - (टपरी दिदै) ल यो लगेर पर धाराको छेउमा राखेर आओ ।
बाबु - म पनि जान्छु ।
आमा - (हातमा समातेर तान्दै ) चुप्प लागेर बस्नुस् ।
(केटाकेटीहरू पिण्ड लिएर जान्छन् ।)
पुरेत - अब फी ल्याउनस् । म पनि जान्छु । (कम्प्यूटर बन्द गर्छ)
आमा - (पैसा दिदै) ल लिनुस् । यो वर्षलाई यस्तै भैगो । आगौ‘साल त अर्कै गुरुलाई बोलाउँछु ।
पुरेत - आगौ‘ साल इन्टरनेटबाटै सम्पन्न गरौ‘ला । सस्तो पनि हुन्छ ।
बाबु - (पुरेतले पाएको पैसा हेर्न कोसिस गर्दै) पैसा बढी गयो कि ?
पुरेत - (उम्किन खोज्दै) जाबो ३०० रुप्यॉले हिजोआज के आउ‘छ ? एक किलो मासु पनि आउ‘दैन । (हतारहतार जान्छ)
बाबु - (आत्तिएर बेहोस हु‘दै) ती ती तीन सौ ? (कुर्सीमा लड्छ । आमाले उठाएर भित्र लान्छे ।)
(पर्दा)

सिनामंगल, काठमाडौं
फित्कौली अंक, १० बाट