सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नवग्रह—स्तोत्रम् !

Nepal Telecom ad

(रहलपहल गाईजात्रा)

डिठ्ठाजस्तो कारिन्दालाई, चिठ्ठा पर्यो ठूलो
‘ऊ’ पाउँदा नि ‘ऊ’ हुँदैन, सुसुपाल लुलो ।
फोक्सो— जिब्रो— कलेजोमा, क्यान्सरको राज
राष्ट्रकोष ढुटो पार्यौ, भिराएर ताज ।।१।।

डन– धन– उखानका, झर्का–चर्का वाद
तिम्रा मुटु–मिर्गौलामा, राष्ट्रकोषै स्वाह ।
कोटेश्वरका पूजारी र, डल्लू बस्ने झल्लू
कुम्भ मेला लगाएर, पार्नु पार्यौ उल्लू ।।२।।

जुल्फी लर्काई कुम हल्लाई, जति बोल तिमी
काम कुरो एकातिर, कुम्लो बोकी ठिमी ?
गौरवशाली पार्टी झर्यो, रौरव–नर्कतिर ।
जातजाति उचालेर, किन खोज्छौ भीर ? ।।३।।

झुसिल त यसै खिल, राम रावण भो
चौथोचोटि ताज भिर्ने, स्वप्ना बर्बाद भो ।
‘शेर’ हैन ‘स्याल’ भन्छिन्, राणाजीकी छोरी
ओलीबाजा बजाउ‘छ, नसुन है ‘मोदी’ ।।४।।

भिर्नसम्म भिरेको छु, उपाधिको टाटो
प्रचण्डेलाई ठेगान लाउँन, देखिन है बाटो ।
यो विलासी गिलासी छ, नबाफी रबाफी ।
कम्रेड हो, ‘सुप्रिमो’–मा, जिताऊ गर्छु दाबी ।।५।।

बुध्दभूमि स्वयम्भूमा, बस्दा पनि बुध्दू
सॉढे–भाइलाई पनि मैले, रोपिदिए‘ चक्कू ।
चौतीस भोट हाल्न लगाई, पारेँ सबै उल्लू
तेस्रो लिङ्गी बन्ने मै हुँ, डल्लूबासी ‘झल्लू’ ।।६।।

माकुने त हैन अब, कुनाघरे पद्दू
कोटेश्वरको हण्डी खॉदै, खरानी नै घस्छु ।
मसानघाटको खड्गे भयो, बल्खुघाटको राजा
भजन गर्छु काली–बाबा, लड्डू पाऊ‘ ताजा ।।७।।

बामपुड्के यसै थिए‘, म चन्दने भुँड्के
सभापति कल्ले दिने ? छैनन् चम्चे हुक्के ।
समाजवादी पैले थिए‘, ऐले व्यक्तिवादी
भन्छन् सबै काङ्ग्रेसी नै, ए ‘ढुकुरे’— छाती ।।८।।

माछो माछो भन्दाभन्दै, भ्यागुतो पो पर्यो
क्रान्तिकारी किरण म हू‘, पर्नु गाह्रो पर्यो ।
छब्बीस सिट्मा अलिकति, कृपा गरे देखि
संविधान नबनाउन, गर्दिन है सेखी ।।९।।
समाप्तम्

धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
कैले हुने मालिक ?

कैले हुने मालिक ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
जन्मिए राष्ट्रवादी !

जन्मिए राष्ट्रवादी !

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
गर्छिन् गथासाे बज्यै !!!

गर्छिन् गथासाे बज्यै !!!

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’