सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आर्थिक क्रान्ति

Nepal Telecom ad

एमालेको नवौँ महाधिवेशनले हाम्रो मुलुक पुँजीवादमा पसिसकेको घोषणा गर्यो । एक कम्युनिस्ट पार्टी भएको नाताले उसको अन्तिम लक्ष्य साम्यवाद हो । अब पुँजीवादलाई बेस्सरी विकसित गराएर समाजवाद र समाजवादलाई पनि अधिकतम् विकसित गराएर साम्यवादमा पुगिने उसको आशा छ । खुसीको कुरा, कुन्नि कति सय वर्षको सामन्तवाद सकिएछ, अब कुन्नि कति सय वर्षपछि हाम्रो देशमा पनि साम्यवाद आउने भएछ । यसका लागि पार्टीका सम्पूर्ण नेता–कार्यकर्ताले महाधिवेशनका वादविवाद र झगडालाई बिर्सेर एकजुट भई छिटो छिटो आर्थिक क्रान्तिमा लाग्नुपर्नेछ ।

उसो त यो पार्टीका धेरै नेता र थुप्रै कार्यकर्ता आर्थिक क्रान्तिमा पहिल्यैदेखि लागेकै छन् । उनीहरूले आर्थिक क्रान्तिबाट प्राप्त गरेका सफलताले पार्टीमा आन्तरकि पुँजीवाद मनग्गे मौलाएको छ । यो कुरा पहिल्यै पत्ता लागेको पनि हो तर फ्याट्ट स्वीकार गर्न अलि सङ्कोच भएको होला । नेता–कार्यकर्ताको पुँजीवादी जीवनशैलीलाई कम्युनिस्ट शैलीमा फर्काउन असम्भव भएपछि राज्यलाई नै पुँजीवादी घोषणा गर्नुपरेको होला । कति लुकाउनु भनेर मही माग्ने ढुङ्ग्रो देखाएको होला ।

एमालेभन्दा अगाडि नै एमाओवादीले पनि यो घोषणा गरसिकेकै थियो । मुलुकलाई यसरी पुँजीवादमा प्रवेश गराउनमा काङ्ग्रेस, एमाले मात्र होइन, माओवादी पार्टीको पनि ठूलो योगदान छ । जनयुद्ध कालदेखि नै त्यो पार्टी आर्थिक क्रान्तिमा होमिएको थियो । आर्थिक क्रान्ति गर्दा थुप्रै क्रान्तिकारी सहिद पनि भए ।

अब छिटोभन्दा छिटो साम्यवादसम्म पुग्न छिटोभन्दा छिटो पुँजीवादलाई फलाउनु–फुलाउनु पर्छ । त्यसका लागि हामीले छिटो छिटो पुँजीको विकास गर्नुपर्छ । सबै नेता–कार्यकर्ता पुँजीपति हुनुपर्छ । जनतालाई पनि पुँजीपति बनाउनुपर्छ ।

अब धान, मकै, गहुँ, रोपेर, फलाएर, बेचेर पुँजी जम्मा गर्न सकिन्न । खेतीपाती गरेर हामी अर्धसामन्तवादमा बसिराख्नु पनि हुँदैन । सबै खेतीयोग्य जमिनलाई घडेरीमा परिणत गरेर रातारात पुँजी जम्मा गर्दै जानुपर्छ । पुँजीवादका प्रतीक ठूल्ठूला भवनहरू निर्माण गरेर धमाधम पैसा फलाउनुपर्छ ।

देशलाई पुँजीवादी बनाउनमा रेमिट्यान्सको ठूलो भूमिका छ । अतः अब अलिअलि हातखुट्टा चल्न सक्ने सबै नेपालीलाई विदेश पठाउनुपर्छ । बैंक, सहकारी लगायतका वित्तीय कारोबार गर्ने संस्थाहरू घरैपिच्छे खोल्नुपर्छ, जहाँ नगदलाई दिन दुगुना, रात चौगुना गर्न सकिन्छ । ब्याजको खेती गर्नेहरूलाई प्रोत्साहन गर्नुपर्छ । ढुकुटी र क्यासिनोहरू खुला गर्नुपर्छ । कमिसनका कारोबार बढाउनुपर्छ । अलैँची, चियाजस्ता खेतीभन्दा यार्चागुम्बा, रक्तचन्दन, नक्कली नोटहरूको खेतीबाट अझ छिटो आर्थिक क्रान्ति भई पुँजीवादलाई चाँडो चरम विन्दुमा पु¥याउन सकिन्छ ।

डनहरूको पनि आर्थिक क्रान्तिमा ठूलो भूमिका छ । उनीहरूलाई आफ्नो काममा निरन्तरता दिन र अझ बढाउँदै लैजान हौसला दिनुपर्छ । सभासद्हरूको पाँच करोड नगदको माग, भन्सार छुटका गाडीलगायत विभिन्न सुविधाका मागहरूले पनि पार्टीको आर्थिक क्रान्तिमा सघाउ पुर्याउनेछ र मुलुकलाई पुँजीवादको उकालो छिटो छिटो चढ्न सहयोग गर्नेछ । एनजीओ, आईएनजीओहरू मार्फत विदेशी सहायता भित्र्याएर पनि आर्थिक क्रान्ति भइरहेकै छ, त्यसलाई अझै तीब्रता प्रदान गर्नुपर्छ ।

यसरी हामी सबै मिलेर महान् आर्थिक क्रान्ति सम्पन्न गरी हाम्रा कम्युनिस्ट पार्टीहरूलाई आउँदा महाधिवेशनहरू मार्फत देश चाँडै समाजवाद हुँदै साम्यवादमा पुगेको घोषणा गर्न सहयोग पुर्याउनुपर्छ ।

‘नेपाल’ २०७१ साउन

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे