सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नाच् भालु नाच्

Nepal Telecom ad

नाच् भालु नाच्, नाच् भालु नाच्
बारुले कम्मर, मर्काई–मर्काई नाच्
नाच् भालु नाच् …

कोठाभित्र होइन भालु, सबका सामु नाच्
देख्नेले लाज माने, आँखा चिम्ली नाच्
साँच् भालु साँच्, छोरानातिसम्मलाई साँच्
नाच् भालु नाच् …

देखाउने होइन भालु, खाने दाँतले नाच्
कोखाभित्र उम्रिएको, दाँत देखाई नाच्
भाँच् भालु भाँच्, सोझाजति भाँच्
नाच् भालु नाच् …

मादलको ताल, फेरी–फेरी नाच्
दहीच्युरा जे भेटे ’नि, रङ्ग फेर्दै नाच्
जाँच् भालु जाँच्, सबको नाडी जाँच्
नाच् भालु नाच् …

भन्नेहरु भन्दै गर्छन्, आफ्नै सुरमा नाच्
लाछीजति पाखा लाग्छन्, छम्छम्ती नाच्
ताछ् भालु ताछ्, निर्धाजति ताछ्
नाच् भालु नाच् …

बाँच् भालु बाँच्, आफू मात्र बाँच्
आँगन टेँढो, भए पनि नाच्
आए पनि नआए ’नि, नाच् भालु नाच्
नाच् भालु नाच् …।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल