सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कुर्सीको डर

Nepal Telecom ad

एउटा भीमकाय अपरिचित कालो मान्छे हाकिमको कार्यकक्षमा पसेको देखेर त्यहाँको खाली कुर्सी डरायो । थक्र्यो । हडबडायो । अनि सावधान भयो । र सोच्यो । हाकिमसाहेबले बस भनेपछि त त्यो भीमकायको भार मैलेनै बोक्नुपर्ने भो भनेर कुर्सीले आफ्नो अङ्गप्रत्यङ्गलाई सचेत गरायो । सिंहदर्बारको ठूलो कोठाका ठूला हाकिमलाई एक्लै भेट्न त्यो रूपमा त्यस्तो मान्छे दिउँसै त कमै आउने गर्थे । त्यस कोठाका सबै घटनाको अमुक साक्षी छ त्यही कुर्सी । हाकिमसाहेबले बस भनेपछि त त्यो भुँडेले मेरै ढाड लच्काउने होला भनेर कुर्सी आन्तरिक तयारीमा नै रह्यो ।

कुर्सीको भाग्य भनौँ कि हाकिमको भाग्य भनौँ त्यो कालो मान्छे कुर्सीमा नबसी कालो हृदय खोलेर एकैछिन कुरा गरी ब्रिफकेश हाकिमसाहेबपट्टिको टेबुलमुनि राखी कुर्सीमा नबसी हँसमुख बिदा भयो । अनि कुर्सीलाई बडो आनन्द लाग्यो । तै त्यसलाई एकैछिन पनि बोक्नु परेन । धन्य हाम्रा ठूला हाकिम ! एक्लै आउनेका काम कतिछिटो सिध्याइदिएको ? दुब्ला पातलालाई धेरैबेर बोकिरहने कुर्सीले सोच्यो ।

यसैगरी रित्ताहात आउने दुब्ला पातला अरुहरूका काम पनि छिटै सिध्याइदिनु नि । किन कुराइराखेर मलाई बोझ पारेको होला ! यस्ता घटनाबाट अनुभवी कुर्सी भावुक भयो । केही खुसी केही सन्त्रासको अनुहार लगाएर पल्याकपुलुक हेरेका हाकिमलाई त्यो खाली कुर्सीले एकतमासले हेरिरह्यो ।

‘रचना’ पूर्णाङ्क १२८ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
हराउनुको पनि हद हुन्छ

हराउनुको पनि हद हुन्छ

घिमिरे ‘मैदेली’
चमेरे ‘च’ को चङ्गुलले चेताउला !

चमेरे ‘च’ को चङ्गुलले...

घिमिरे ‘मैदेली’
गठबन्धनका गाँठागुँठी

गठबन्धनका गाँठागुँठी

घिमिरे ‘मैदेली’
जगत जमाउन जप्नोस् जनता

जगत जमाउन जप्नोस् जनता

घिमिरे ‘मैदेली’
भ्यागुताको धार्नी !

भ्यागुताको धार्नी !

घिमिरे ‘मैदेली’
उखानकै बखान

उखानकै बखान

घिमिरे ‘मैदेली’