सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भाँडभैलो

Nepal Telecom ad

भाँडभैलै गरे देशलाई सिङ्गै डुबाए
हेर्दाहेर्दै ब्याउने बाख्रो त्यसै तुहाए
बर्षौं बित्यो संविधान लेख्नै सकेनन्
विदेशीको धुसपेठ छेक्नै सकेनन् ।

नेताहरू चटारिए टुपी समाई तान
अति नै भयो अब फित्कौलीले हान
भोलि मात्र भन्छन् आज कैले आएन
गिनीहरूकै कारण अमनचैन छाउँदै छाएन ।

गर्छु मात्र भन्छन् खालि कुरा भए जाली
यिन्ले चुनाव गराउलान् त पक्कै यसपाली ?
बिग्रने र सप्रनेलाई खोजी खोजी चुन
बिग्रनेलाई अल्पाइनको बख्रा खोरमा थुन ।

गर्नुसम्म गरे यिनले देशै पारे मैलो
तँछाड मछाड तानातान भयो भाँडभैलो
कानै पाकी सक्यो यिनका कुरा सुन्दा सुन्दा
कसो होला यी सबैलाई बाख्रा खोरमा थुन्दा ।

नेताहरूको कुकर्मले देशै कठ्याङ्ग्रो
बनाउ साथी फित्कौली यसलाई मट्याङ्गो
रुख विरुवा सखाप पारे सक्न थाले खोला
जे खायो त्यही पच्ने कस्तो पेट होला ।

कोही माग्छन् पानी पानी कोही माग्छन् आगो
अति नै भो अब भने देशले शान्ति माग्यो

संविधानकेवल अब मात्र रहयो धान
नेताहरू छाडा भए हान थप्पड हान
हाल : जर्मनी

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
चन्दा

चन्दा

लिलाराज कार्की
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल