विन्द्रासैनी
प्रिय विन्द्ररासैनी
मरुतहरूको सहायता लिएर
दह्रो पहाड भत्काउन
महान् मरुद्गण लिएर
नेपा उक्लिएको छु
ऋत्वििकहरूसँगै
जन गायकहरूको स्तुतिमा
प्रभावित भएर
वज्रधारण गर्दै
इन्द्रजौ भएर फुलेको छु
युद्धहरूको बगैंचामा
उपासक भएर
हजारौँ उत्कृष्ट धन गुमाएर
विनद्रासैनी टेकेको छु
शत्रु मार्नका लागि
जलवर्षक वर्षाउँदै
मेघझैं चट्किएर
घनश्याम रोइरहेछ
विन्द्रासैनीको पाखरमा
कर्तव्यनिष्ठ यात्रा गर्दै
पैँतालीस ऋतुहरू पार गरेर
शत्रुलाई पराजीत गर्न
युद्ध लडिरहेकै छु
तिमी पनि त्यसरी नै
आज लडिरहेकै देख्दा
मुटुबाट भएभरको पानी उम्लियो
तिम्रो बलेसीमा
तिमीद्वारा रक्षा गरिएका
हृदयका तोपहरू
मानिसको हृदय खोजिरहेका थिए
हाम्रा मानिसहरू
दुम्सीझैं नाचिरहेछन्
म चाहन्छु
उनीहरू मानिस बनुन्
मुड्कीले हानेर
हृदय मार्न सकिन्न
दुम्सीका काँडाझैं
जिङ्रिङ्ग परेका मुड्कीहरू
तिम्रो छातीमा बज्रेको देख्दा
लक्ष्मणझैं ढलेँ
तिम्रो आँगनमा
प्रिय विन्द्ररासैनी
कर्णालीको बेगझैं
म रोएको छु
तिमीद्वारा रक्षा गरिएका
कोइलीसँग
सामथ्र्यशाली उपासना गर्दै
तिम्रो स्तुति गरिरहेछु
कर्णालीको पिठ्यूँमा बसेर
तिम्रो सुन्दर चिउँडो
मलाई सलामी गर्छ
म
रचना गरिरहेछु
तिमीप्रति
स्वीकार गर
मेरा मालिकहरू भनिरहेछु
मेरै अगाडि
तिमी जस्ती, सर्वद्रष्टालाई
आरोले झैं चिरेको देखेर
घनश्यामहरू
आकाशबाट
पिलपिल गरिरहेछन्
प्रिय विन्द्रासैनी
मेरा उपासनाहरू स्वीकार गर
तिमीसँगै रहेका मूर्तिहरू
प्रसिद्धी कमाइरहेछन्
मलाई उत्साहित पारेर
यतिबेला
आत्मसात्कार गरिरहेछु
सालकोटमा बसेर
विझाउँछ
पोखरीकाँडा
नाउलेले
बोकेका अन्नहरू
समिद्ध अग्निझैं बलिरहेछन्
प्रज्वलित मन
सत्कर्मको बाटो खोजिरहेछ
प्रिय विन्द्रासैनी
कण्र्नालीको गति
कुशको आसनमा बसिरहेछ
म तिमीलाई
नियाली रहेछु
मेटुको पर्दाबाट
म
तिमीसँग बुद्धि मागीरहेछु
हिंसारहित गतिशील समाज बनाउन
मेरा स्तोत्रहरू
मालिकहरूकहाँ पुग्ने छन्
तिमीले दिएको कलाझैं
मैले द्युलोक
निमार्ण गर्दैछु
प्रिय विन्द्रासैनी
वीरहरूको संरक्षण गर्न
म नजिकै
तिमी भएका ठाउँ आउन
हाम्रा मालिकहरूका
महान् नायक हौ
प्रिय विन्द्रासैनी
पूर्णरुपले समाज सृष्टि गर्न
शक्ति देऊ
मानिसहरूलाई ।
काठमाडौं