सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दमकल

Nepal Telecom ad

हैरान भए पूजारी । ६५ बर्षीय पूजारीको आफ्नै घर–परिवार छ । जप, ध्यान र सात्विक भोजनको कारणले उनी तन्दुरुस्त देखिन्छन् । केही दिन यता एउटी भक्तिनी पूजारीको पछि लागेकी छिन् । आधुनिक प्रविधिसित नजिक छन् पूजारी । मोबाइलमा दिक्क । मिनट मिनटमा एस एम एस । अनलाइनमा बस्नै हुन्न, उही प्यासी नदी हाजिर !

“उफ् !” पूजारी झन् दिक्क । “नामर्द हो तपाइँ ? कृष्णभक्त भएर पनि आफ्नू भगवानको इज्जत राख्न नसक्ने ? बोटमा पाकेको फल मुखमा झर्दा नि बोक्रा फालेर खान नसक्ने ? पाप लाग्छ तपाईलाई !” यसरी हपार्न थालिन् ती अबलाले ।

“होइन यी अबला हुन् कि तबला ?” पूजारी जिल्ल । कसलाई भन्ने ? निराकार भगवानको अस्तित्वको बारेमा सबै भन्दा बढी उनै पूजारीलाई थाहा छ । सारै भएपछि एकदिन एस एम एस गरे ,“हे अबला, तिम्रो घरमा लागेको आगो निभाउने पानी यो “दमकल” मा छैन । गलत ठाउँमा आयौ । मलाई क्षमा गर ।”

चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
कल्याण !

कल्याण !

धनराज गिरी