सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बी.ए. कि बिहे ?

Nepal Telecom ad

ए बूढा ! हाम्री ‘जानू’को +२ को परीक्षाको परीक्षाफल प्रकाशित भएछ नि होइन त ? सरूले सोधिन् । हो, सरू ! ऊ त अब बी.ए. पढ्ने भई । मैले पनि खुसी व्यक्त गर्दै भनें अब त उसको बिहे गर्ने बेला पनि त भयो । बी.ए. र बिहे सँगसँगै एकैचोटि गर्ने हो कि ? सोच्नुपर्ने अवस्था आइसक्यो । मैले थपेँ । ए सरू ! जानूका बारेमा तिमीले तिम्रो आमाको आँखाले मात्र नहेरीकन अर्काको आँखाले पनि हेरेर भन त ‘हाम्री छोरी कस्ती छ ?’
‘छोरी जवान भई । बीस बर्षको उमेर भनेको पूर्ण जवानीको अवस्था हो । तर उसमा गम्भीरताका तुलनामा चञ्चलता बढी छ । उसलाई नजिकैबाट चिन्नेहरू भन्ने गर्छन् ‘जानकीको जवानी उत्ताउलोसँग उर्लिएको छ । बीचैमा बाँध नबाँध्ने हो भने जवानीको बाढीले उसलाई बगाइदिन सक्छ ।’
सहशिक्षा नराम्रो होइन । सहशिक्षालयमा पढ्ने नरनारीहरूले एक अर्कालाई नजिकैबाट चिन्छन् । मन साटासाट गर्न पनि सक्छन् । परिपक्वसँग सोचेर आफ्नो जीवनको बारेमा उचित निर्णय लिनसके भने र मन साटासाट गर्न पनि चाहे भने बी.ए. र बिहे सँगसँगै गर्न सक्छन् नि । प्रगतिशील बाबुआमाहरू छोराछोरीहरूको निर्णयको विरुद्धमा कवाफमा हड्डी हुनुहँुदैन होइन त सरू ।

बूढा ! आदर्शजत्तिकै मीठो यथार्थ हँुदैन । कन्यामात्र पढ्ने कलेजमा ‘जानू’लाई भरना गरिदिने हो भने उसले बी.ए.सम्मको जँगार त तर्ली, अन्यथा उसले बिहेकै बाटो रोज्ली । चाँडै नै जुवाइँ भेटिएला र हामी दम्पतीलाई नातिनातिना खेलाउने अवसर मिल्ला ।

सरू ! तिम्रा तर्कहरू राम्रा छन् । सिद्धान्ततः तिम्रा कुराहरू ठीक पनि छन् तर यति चाँडै ‘जानू’का बारेमा तीखो टिप्पणी किन गछ्र्यौ ? म त केही पढे/लेखेको मान्छे । संसारलाई धेरै नै नजीकबाट चिन्दछु पनि । म छोराछोरीहरूलाई विद्वान्÷विदुषी बनाउन सकियो भने उभयपक्षकै कल्याण हुन्छ भन्ने पक्षमा छु । असल मातापिताले छोराछोरीहरूलाई उत्तराधिकारका रूपमा धनसार होइन, उचित संस्कार दिनुपर्छ, त्यसैले म जहाँ प्रौढ शिक्षकहरू छन् र व्यवस्थित पुस्तकालय छ, त्यसै क्याम्पसमा ‘जानू’लाई भरना गरिदिनु पर्छ भन्ने सोचमा छु ।

चैतको हुरी बतासकै शैलीमा कुन्नि कताबाट हो जानकी आई र बोलीः– ए मम्मी ! म त अब स्कुलबाट उक्लिएर क्याम्पसमा चढिसकें । म त ठूलो क्याम्पसमा पढ्ने विचारमा पुगेकी छु । ठूलो रूखको फेदमा बसेर ओत लिइयो भने एक धर्को पानीबाट ओतिन सकिन्छ भने छाहारी र शीतलता नभेटिने त कुरै भएन । ठूलो समुद्रमा अलिअलि कुडा करकट पनि हुन्छन् अनि धेरै नै मणिमाणिक्य पनि भेटिन्छन् । ‘नामर्दकी जोई हुनुभन्दा, मर्दकी कमारी हुन जाती’ भन्छन् नि, त्यस भनाइको मर्म तपाइँलाई थाहा छ हकि ? ममी ! ठूलाबडाको सङ्गत गर्नसकियो भने आफूलाई पनि ठूलो हुन मद्दत पुग्छ । त्यसैले ठूला÷ठूला विद्वान् र विदुषीको प्रवचन र व्याख्यान सुन्न अनि ठूलाठूला पुस्तकालयहरूबाट चुनीचुनी पुस्तक पढ्न म त ठूलै क्याम्पसमा भरना हुन्छु । मेरो चाहनालाई ‘हुन्छ’ भन्नुहोस् न ममी !, जानकी लाडिनसम्म लाडिई र आफूले पढ्न चाहेको क्याम्पसले निर्धारण गरेको पोशाकको र अन्य शैक्षिक सामग्रीको समेत सूची आमाको पोल्टामा फ्यात्त फालेर फुत्त बाहिर निस्किई ।

छोरी जानकी र उसको बावु भएको मेरो एउटै मत देखिएपछि आमा सरस्वतीको मनमा तर्क वितर्क खेलिरहेका बेलामा जानकीको पिता भइटोपलेको मैले भनें ‘छोराछोरीहरूको प्रगति हुनु पनि मातापिताका लागि गौरवकै बिषय हो । सन्तानको ऋणबाट अऋणी हुन उनीहरूलाई उपयुक्त शिक्षा दिनुपर्छ, दीक्षा दान गर्नुपर्छ, सही मार्ग देखाउनु पर्छ, यही नै मातापिताको कर्तव्य हो । सरू ! अर्को विचारणीय पक्ष के पनि देखियो भने सन्तानको मनोविज्ञानअनुसार अभिभावकले चल्नै पर्ने रहेछ । यदि आफ्नो र सन्तानको इच्छा बाझ्यो भने सन्तानकै पक्षमा मतदान गर्नुपर्ने हुन्छ । बुझ्यौ ?, आमा सरूले छोरीकोे इच्छाका बारेमा जानकीको पिता मसँग परामर्श गर्न नपाउँदै मैलेसबै कुरा बुझेपछि उनले ‘जानू’ले दिएको भनेर छोरीको इच्छाको सूचीपत्र दिंदै भनिन् ः– ‘जाने/बुझेका बाबु छोरीका अगाडि अल्पशिक्षित म आमाजाबीको के कुरा’ ।

सूचीपत्रका बारेमा जानूको टिप्पणी यस्तो छ :– ‘पोशाकको हकमा सेतो सर्ट र कालो पाइन्ट अथवा सेतो कुर्था र कालो सुरुवालमात्र भनिएको छ तापनि त्यो सुरुवाल टाउजरजस्तै कसिएको हुने हो कि होइन, पतलुनजस्तै फ्यालफ्याल्ती परेको हुनसक्छ कि सक्तैन, मोजासहितको सुरुवाल जसलाई इस्टकिन भनिन्छ, त्यो लगाउन हुने वा नहुने भनेर खुलाइएको छैन । कालो इस्टकिनमाथि कालै रङको छो…टो मिनिस्कट लगाउन पाइन्छ कि पाइँदैन थाहा छैन, आफूलाई भने सबैभन्दा मन पर्ने पोशाक भनेकै त्यही हो । रङ अनिवार्य गरे तापनि प्रकार भने खुट्टयाइएको छैन । शरीरका अङ्ग सबै बराबर हुन् भने तल र माथि मात्र किन ? सेतो सर्टमाथि ओभर कोट लगाए पनि, कलेटी परेको ओठमाथि रातो इनामेल पोते पनि, काला गालामा सेतो चिल्लो फाः दले पनि किन ? भनेर प्रश्न गर्ने निकाय छ कि छैन ? बित्ताभरको एडी भएको जुत्ता होस् कि, रातो वा पहेंलो रङ्गको मेहन्दी दलेको बाल होस् यसमा क्याम्पसको कुनै चासो छ कि छैन । कुन ब्युटीपार्लरमा जाने हो ? कुन स्टाइलमा कपाल कटिङ गर्ने हो ? कपालको न्यूनतम छोटाइ र अधिकतम लमाइ कति राख्न पाइने हो कहीं उल्लेख छैन, यही पो समस्या भएको छ । सलको रङ र ढङको बारेमा पनि त कहीं न कहीं उल्लेख हुनुपर्ने । सबै खाले आइब्रो दलेको होस् कि लोकल गाजलले सिंगारेको आँखा होस् । क्याम्पसलाई केही मतलब हुने हो कि होइन ? जघन स्थलबाट माथि सेतो उपरि वस्त्र र कम्मरमुनि कालो अधोवस्त्र भएपछि पोशाकमा एकरूपता भएको पुष्टि हुन्छ कि हुँदैन कही उल्लेख छैन । क्याम्पसका यसै उदारताबाट परिचित ‘जानू’ ले पोशाकको सूचीमा लेखेकी थिई – ओभरकोट थान १, अग्लो हिल भएको जुत्ता थान २, (अग्लो हिल भएको जुत्ता÷चप्पल लगाएपछि प्रत्येक कदममा नितम्ब बाङ्गिन्छ, जानूलाई यो दृश्य निकै राम्रो लाग्छ) ब्रा सानो वा ठूलो दुवै खाले हुनुपर्छ, किनभने आवश्यकतानुसार त्यसको प्रयोग गर्नुपर्छ । छाती पारदर्शी हुनुपर्छ वा पर्दैन, त्यसका बारेमा पनि पोशाकको नियम वा विनियमले केही बोलेको छैन । क्याम्पसको यसै मौनताबाट फाइदा लिंदै जानूले साना, ठूला, मझौला खालका र नरम वा गरम प्रकारका सबै खाले ‘ब्रा’ को उल्लेख पोशाकको सूचीमा गरेकी थिई । उसको सूचीमा हाल बजारमा आएको सबै सुविधा भएको मोबाइललाई ज्यादै महत्त्वपूर्ण सामग्री भनी बुझाउन रेखाङ्कन गरिएको थियो र भनिएको थियो – मोबाइलमार्फत प्रत्येक साथीको फोटो खिच्न सकिएन भने, प्रत्येक हरहिसाब क्यालकुलेटरमा क्यालकुलेशन गर्न सकिएन भने, प्रत्येक पिरियडको व्याख्यानलाई मोबाइलभित्रै कैद गर्न सकिएन भने त्यस्ता पत्रू मोबाइलको के काम, हेलो ! हेलो ! भनेर दूरभाष गर्ने काम त तारमा तुर्लुङ्ग झुन्डिएको टेलिफोनले नै गर्छ नि, होइन र ? इयर फोन लगाएर मीठा–मीठा गीत सुन्ने सुविधा मोबाइलले झैं टेलिफोनले दिदैन क्यारे । इयरफोनको तारले कानको दुवै प्वाल टालिएन भने म त नून खाएको कुखुरीजस्तो हुन्छु ।

‘जानू’को सूचीमा कापी/पुस्तकको र अन्य शैक्षिक सामग्रीको कुनै उल्लेख थिएन । मलाई ठूलो कक्षामा पढ्ने छोरीको पुस्तकको भारी ठूलै हुन्छ कि ? भन्ने चिन्ता थियो । महङ्गो खालको ल्यापटप किन्न भनिदिने पो हो कि ? भन्ने मनमा त्रास थियो । तर उसको सूचीमा किन्नै पर्ने त्यस्ता शैक्षिक सामाग्री केही थिएनन्, मेरो लागि यही नै गनिमत थियो । छोरीको सूची हेरेपछि म बावुले थोरै भए पनि चिसो सास फेरें, किनभने छोरीको भरनाका लागि ऋण खोज्नुपर्ने भएन । अनि मनमनै पुस्तकका बारेमा सोचें :– हिजोआज त पहेंलो गातो भएका ‘पकेट बुक्स’ भित्र ज्ञानको अचूक औषधी हुन्छ रे । त्यसै गोलीलाई पचाउने ध्येय सबै विद्यार्थीको हुन्छ भन्थे, त्यही कुरो छोरीले थाहा पाइसकेकी रहेछ’ भन्ने लाग्यो र यही नै मेरो सन्तोषको बिषय भयो । 

सूचीपत्रमा एउटा पुस्तकको नाम थियो ‘भाषण कला, क्यों और कैसे’ । त्यसै पुस्तकको कोष्ठकभित्र लेखिएको थियो – ‘ठूलो ऐना’ । क्याम्पसको शैक्षिक सूचीमा ‘ठूलो ऐना’ देखेपछि छोरी जानूको पिता भइटोपलेको मैले गालामा हात राखेर सोच्दै थिएँ । त्यसै बेलामा ‘जानू’की आमा सरस्वतीले सोधिन्, ‘छोरीको शैक्षिक सूचीेले सातै गयो कि कसो हो बूढा ? अनि मैले पनि तत्कालै प्रतिप्रश्न गरें – ‘जानू’ले यो ठूलो ऐना किन भनेकी हँ !’
सधैं शालीन मुद्रामा प्रस्तुत हुने सरस्वती आज भने निकै च्याँठ्ठिएर बोलिन् – उसले पढ्ने भनेको क्याम्पसमा प्रत्येक दु÷दुई वर्षमा चुनाव हुन्छ रे । त्यस क्याम्पसमा जसको भाषणकला राम्रो छ, उसैलाई उम्मेदवार बनाउँछन् रे । सहशिक्षालयको विद्यार्थी युनियनको चुनावमा कम्तीमा पनि एक तृतीयांश पदाधिकारीहरूमा महिलाले उम्मेदवारी दिनुपर्छ रे । त्यसैले अब हाम्री ‘जानू’ले आफ्नो कोठामा ठूलो ऐना राखेर विभिन्न मुद्रामा बसेर एक्लै भाषण गर्ने रे, किनभने विश्वविख्यात भाषणकर्ताहरूले यसरी नै अभ्यास गर्थे रे । त्यसै अभ्यासका लागि ठूलो ऐना किन्ने रे, कुरो बुझ्या हो ?

हामी बूढाबूढीका बीचमा यस्तै यस्तै कुरा हुँदै थिए, यस्तै बेलामा बाहिर ठूलो स्वरले मीठो गीत बजेको आवाज आइरहेको थियो । त्यस दोहोरी गीतको स्वरुप यस्तो थियो :–
“क्याम्पस पढ्न आउने …
क्याम्पस पढ्न आउने,
सरले उता पढाउने
हाम्ले आँखा जुधाउने
चित्त बुझाउने ।

मै बिग्रें बंैसले, कोइ–कोई बिग्रे पैसाले, मै बिगं्रे बंैसैले
केटा : हे … आजकल मेरो के बस्यो बानी, पढाइतिर झ्याप्पै मन नजानी
क्याम्पस पढ्न आउनी, …
केटी : हे … मन पराउन थाली छु कुनैलाई, हेरीरहन मन लाउँछ उनैलाई
क्याम्पस पढ्न आउनी, …
केटा : हे … शिक्षकले भने कान समात, पढ्नुपर्छ बैंसले नमात,
क्याम्पस पढ्न आउनी, …
केटी : हे … क्याम्पस आउनी म तिमी भर हो, पढाइमा कस्को ध्यान छ र हो ।
क्याम्पस पढ्न आउनी, …
मै बिगं्रे बैसले, कोइ–कोई बिग्रे पैसाले, मै बिग्रें बैंसैले …
केटा : हे… भन्छन् बाले पढाइ हो ठूलो, यता छोरो कहाँ हो काँ भुल्यो ।
क्याम्पस पढ्न आउनी, …
केटी : हे.. भन्छिन् आमा पढेइछ छोरी, यता छोरी डुलेइछ दिनभरि,
क्याम्पस पढ्न आउनी, …”

यो मीठो सङ्गीत क्रमशः बाटाबाट उक्लिएर आँगनमा चढ्यो अनि केही बेर पिँढीमा अडिएर सँघारबाट भित्र पस्यो । त्यसपछि सङ्गीतकै स्वरसँग लय मिलेको हर्षित स्वर आयो र बोल्यो :– ओ ममी ! ओ ड्याड ! त्यसै बेलामा सोफासेटबाट समवेत लयमा आएको महिला र पुरुषको आवाज त्यसै स्वरसँग मिसियो र भन्यो ः– ए जानू, ए जानकी, तिमी !
–अनि केहीबेर मौन वातावरणमा घोत्लिएपछि मैले पनि गीतै गाएँ –
“मेरी छोरी जानू,
सद्दे छ कि कानू,
पढ्न जाने भन्छे,
भन्छन् “डिस्को जान्छे” ।
बी.ए. पढ्न छोरीलाई कि कलेज रोजूँ ।
बिहे गर्न छोरीलाई कि ता केटा खोजूँ ।
हिजो आज किन किन मन विरक्त भाछ ।
छोरीसँग दिल खोलेर सोधूँ सोधूँ लाछ ।”

पोखरा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad