बुहारी बन्न जानिन ! ?
साइँला !
तिमीले छोरीलाई क्याम्पस पढाएछौ,
तिमीले छोरीलाई स्कुटर चढाएछौ,
बेसै भयो । राम्रो भयो ।
तिमीले छोरीलाई ‘छोरी’ बन्न सिकाएछौ,
त्यो पनि राम्रै भयो ।
तर साइँला !
तिमीले छोरीलाई बुहारी बन्ने सिकाएनछौ ।
तिमीले छोरीलाई घर धान्ने सिकाएनछौ ।
साइँला, तिमीले छोरीलाई ‘छोरी’ मात्र बनाएछौ ।
तिमीलाई थाहा छ, छैन साइँला ?
छोरी त छोरी मात्र हुन्छे आमा–बाबाको ।
बुहारी त सबैकी छोरी हुन्छे ।
तिम्री छोरी बुहारी हुन जानेकी भए
सबैकी छोरी हुन्थी, साइँला !
सबैकी प्यारी हुन्थी, साइँला !
तर साइँला,
तिम्री छोरी, ‘छोरी’ बनिछे, बुहारी बन्न जानिनछे ।
आफ्नै घर–आफ्नै परिवार, कहिल्यै आफ्नो मानिनछे ।
साइँला, तिम्रीे छोरी,
‘छोरी’ बन्न त जानिछे, बुहारी बन्न जानिनछे ।
साइँला !
छोरीको मायाँले माइति ढाक्छ ।
बुहारीको मायाँले त घरसंसार ।
भन त साइँला,
कुन मायाँ ठूलो हुन्छ ? कुन मायाँ जाति ?
साइँला,
तिमीले छोरीलाई ‘छोरी’ बनायौ ।
बुहारी बन्ने सिकाउन जानेनौ ।
तिमीले छोरी आफ्नो मान्यौ
बुहारी आफ्नो ठानेनौ ।
‘छोरी’ सृष्टिको पूmल हो, साइँला !
‘बुहारी’ सृष्टिको मूल ।
तिमीले छोरीलाई ‘पूmल’ बनायौ,
‘मूल’ बनाउन जानेनौ ।
साइँला ! छोरीले,
माइतलाई घर सम्झिन, घर आफ्नो ठानिन ।
तिम्री छोरी, ‘छोरी’ बनिन, बुहारी बन्न जानिन ।
सिड्नी, अस्टे«लिया
७ चैत २०६६,