रै’छ हाम्रो भाँडो !
फित्कौलीका दोटा अङ्क एकै चोटी पढेँ
पढ्दापढ्दै मनभित्र अनेक कुरा गढे
प्रतिक्रिया लेख्न भनी कुर्सीतिर लम्केँ
के के न कुरा लेख्छु भन्दा यस्तै कुरा लेखेँ ।
धन्यवाद दिन मलाई लागेको थियो मन
धेरै के लेखौँ र खै ? यस्तै हो गन–गन
नलेखी नि भा’छैन, है ? मनभित्रको कुरो
बुझ्दा खेरी नरम लाग्छ गम्दैजाँदा हुन्छ मन छुरो
गरिव जनता मात्रै भैयो, खै’के गर्ने कुरो
नातेदार भैएनछ ती नेता भनाउँदाको
गम्दै जादाँ मन रुन्छ खै ? के गर्ने कुरो
फित्कौलीले मन बुझाउने खुराक ल्याइदेओस चाँडो
जे भने नि फित्कौलीनै रै’छ हाम्रो भाँडो
नयाँ जोस लिई सधै आउनु प¥यो चाँडो !
नारन आउनु पर्यो चाँडो !
काठमाडौं