सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नेताको नीति

Nepal Telecom ad

जितेपछि गाउँ फिर्न जानिन्न
जनतालाई जनता मानिन्न ।
देश बनाउने ध्यान छैन हाम्रो
जनता मर्दा मान्दैनौ नराम्रो ।

आफ्नो भुँडी छाडिन्न भर्न
चासो छैन निर्धाको काम नगर्न ।
आफ्ना लागि दरवार बनायौँ
अहिले हामी सिनो झैं गनायौँ ।

सत्ता भत्ता गाडी र दरवार
नेता भए सप्रिन्छ घरवार ।
भाषण गर्न जान्दछौँ चर्को
हाम्रो भाषण सुन्नेलाई भो झर्को ।

कुर्सी चढ्ने खेल हाम्रो कस्तो छ ?
केटाकेटी पिङ् खेले जस्तो छ ।
यौटा ढाल्छौँ अर्कालाई चढाउँछौँ
चाँडो चाँडो त्यसैलाई लडाउँछौँ ।

कहिले गर्छौं कुर्सीले हानाहान्
कहिले गर्छौं त्यै कुर्सी तानातान
हाम्रै हुन्छ सडकमा आन्दोलन
सधै लाग्छ कुसी चढ्ने मन ।

खरिद बिक्री आ–आफै गरिन्छ
भुँडी भर्दा मिलेर भरिन्छ ।
राजनीति फोहरी खेल हुन्छ
कुकुर र बिरालो मेल हुन्छ ।
काठमाडौँ ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धरोधर्म गर्छु (२२)

धरोधर्म गर्छु (२२)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (२१)

धरोधर्म गर्छु (२१)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (२०)

धरोधर्म गर्छु (२०)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१९)

धरोधर्म गर्छु (१९)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१८)

धरोधर्म गर्छु (१८)

डिल्लीप्रसाद मूलतिहुन
धरोधर्म गर्छु (१७)

धरोधर्म गर्छु (१७)

डिल्लीप्रसाद मूलतिहुन
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल