तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच
तिमी एक्लै जुनसुकै बेला जहाँ जाऊ,
तिमी कोहीसँग केही डराउनै पर्दैन प्रिय
तिम्रो अनुहार नै यति बलियो सुरक्षा कवच छ तिम्रो
तिमीदेखि नै बरु अरु डराउँछन् प्रिय
तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच प्रिय ।
कसको तागत तिमीलाई ठाडो आँखाले हेरोस् कसैले ?
त्यसको आँखा आफैं अन्तै मोडिन्छन प्रिय
कसले के खराब गर्न सक्छ तिमीमाथि ?
तिमीलाई बनाउने ईश्वरले नै
सक्ने जति सबै गरिसकेको छ प्रिय
तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच प्रिय ।
देख्दै तिमी नेता जस्ती छौ,
वर्तमानमा पनि तिमी इतिहास जस्ती प्रिय
कसले आँट गर्न सक्छ तिम्रो नजिक पनि आउन ?
त्यस्तो व्यक्तित्वको तिमी धनी प्रिय
तिम्रो अनुहार नै तिम्रो सुरक्षा कवच प्रिय ।
बत्तिसपुतली, काठमाडौं