नेताले भाषण गर्दा
हिजो लुम्विनी बनायो, भोलि रारा बनाउन सक्छ
हेर्नुहोला छिमेकीले, सर्बहारा बनाउन सक्छ ।
मैले देशद्रोही मासेपछि, छातिमा देश बोकेपछि
यो सरकारले मलाई, हत्यारा बनाउन सक्छ ।
प्रेमिकाले प्रेमिलाई, चन्द्रमा चाहियो भन्दा
प्रेमीले उस्को लागि धर्तिमा तारा बनाउन सक्छ ।
ए बुढी मलाई दुई वटी छोरी मात्र पाइदेऊ पुग्छ
सरकारले एक घर दुई सन्तानको नारा बनाउन सक्छ ।
अरे मित्र तपाईं साच्चै भ्रममा पर्दै हुनुहुन्छ सुन्नुस्
नेताले भाषण गर्दा मात्र सारा बनाउन सक्छ ।
जहदा, नवलपरासी