‘दाजुभाइ तथा दिदी बहिनीहरू ! वातावरणीय प्रदूषणको कारण हाम्रो पृथ्वी अहिले चरम सङ्कटमा परेको छ, हामीहरू गम्भीर चुनौतीमा बाँचिरहेका छौँ । आकाशमा ओजोनको तह पातलो भइरहेको छ, प्वाल बढिरहेको छ । यदि हाम्रो सामुहिक प्रयासले आकाशको प्वाल नटाल्ने हो भने विकिरणको प्रभावले हाम्रो अस्तित्व नै खतरामा पर्नेछ ....।’

सहरबाट आएका सुकिला मान्छेहरूको भाषण सुनेर जुठे आफ्नो घर फकिर्यो । सुकुलमा उत्तानो सुतेर विभिन्न ठाउँमा प्वाल परेको आफ्नो झुपडीको छानो हेर्दै उसले बुढीसँग गफ गर्न थाल्यो–
–हेर बुढी ! सहरबाट आएका मान्छेले हुँदै नभएको आकाशको प्वाल टाल्ने भाषण गर्दै थिए । हाम्रो झुपडीको ओजोन कसरी टाल्ने होला ? जाडो र बर्खामा बित्यासै पर्ने भयो ।

काठमाडौं