कुर्मकान्त र बेलुन असाध्यै मिल्ने साथी हुन् । यद्दपि केही वर्ष यता यिनीहरूको भेटघाट भएको थिएन । आज कर्मकान्तको घरमा भेटघाट भइरहेछ ।
कर्णकान्त : (चिया पिउँदै) आज कसरी बाटो बंग्याइस् त, कसरी सम्झना आयो मेरो ?
बेलुन : बाटो बंग्याएको होइन, सोझ्याएको मात्र हो । साथीको सम्झना त आइहाल्छ नि समय नमिलेर पो त यस्तो ढिला हुन गएको नि ।
कर्णकान्त : अझै मुखले ठिक्क पार्ने तेरो बानी गएको छैन हँ ? (मोवाइलमा घण्टी बज्छ) हेलो को बोल्नु भो, कस्लाई खोज्नु भो ?
फोन : हजुर तपाईं बेलुन जी होइन ?
बेलुन : होइन, होइन । म झपड प्रसाद हुँ ।
फोन : नम्बर त यही हो । के अचम्म भयो ?
बेलुन : नम्बर यही भए पनि मान्छे अर्कै हुन सक्छ । (फोन काट्छ)
कर्णकान्त : के चाल हो तेरो, नामै ढाटिस् त । होइन नाम पनि मोवाइल पिच्छे फरक–फरक हुन्छ कि क्या हो ?
बेलुन : जाबो नाम ढाँट्नु कुन नौलो कुरो हो र ! (हाँस्दै) मान्छे एक, नाम अनेक यो त चलेकै कुरा हो नि । किन नबुझेको ?
कर्णकान्त : ३/४ वर्षको अन्तरालमा बडो राजनीतिज्ञ भइछ्
बेलुन : हल्का हावाले चाहिं छोएको छ । के गर्ने चुनाव होला जस्तो छ । यसो हल्का त दिनै प¥यो नि (मोवाइलमा घण्टी बज्छ)
फोन : कता हुनुहुन्छ सर ? आज मेरो काम बन्छ ? के हुँदैछ ?
बेलुन : हेर्नोस् न म आज कामको शीलशीलामा बाहिर छु ।
फोन : कहाँ बाहिर ? बेलुन म झापामा छु । आए पछि काम बन्छ ।
फोन : सधैं बन्छ, बन्छ , कहिले बन्छ ? नसक्ने भए सक्दिन भन्नु नि ।
बेलुन :(फोन काट्दै) चाहिने नचाहिने मान्छेको फोन आएर हैरान पार्छ भन्या ।
कर्णकान्त : होइन ए बेलुन, तैंले यी काठमाण्डौमा भएर पनि झापामा छु भन्छस् । भित्र र बाहिरको कुरा गर्छस् । आखिर यसरी ढाँटेर के पउँउछस् ?
कुर्णकान्त : मुक्ति ।
बेलुन : के को मुक्ति ?
कर्णकान्त : शान्ति र मानसिक तनावको ।
बेलुन : मोवाइलबाट सीधा कुरा गर्दा के फरक पर्छ ?
कर्णकान्त : फरक पर्छ ।
बेलुन : त्यही फरक पर्ने भएर होला, रोल्पाको मान्छे डोल्पामा छु भन्ने, रानी पोखरीको मान्छे पानी पोखरीमा छु भन्ने, सानेपाको मान्छे बनेपामा छु भन्ने, नाम पनि कतै प्रकाश, कतै अवकाश, कतै रीता, कतै अम्रिता ।
बेलुन :(छक्क पर्दै) यो तेरो के पारा हो ? विज्ञान र प्रविधिको युगलाई यसरी ठाडै चुनौती दिनु तेरो महान मूर्खता हो ।
कर्णकान्त : जे सुकै होस् न । मान्छे आफ्नो स्वार्थका लागि जे पनि गर्न सक्छ ।
बेलुन : के मैले देखेको, भोगेको कुरा पनि भन्न नपाउने ?
कर्णकान्त : पाउनु हुन्छ, मजाले भन्नोस् न, तपाईंको के जान्छ ?
बेलुन : यो मोवाइलमा बहाना बनाउँन कति सजिलो भयो । यसमा रोइदिए पनि भयो । अर्कोले देख्ने कुरै भएन । सकुञ्जेल चिच्याइदिए पनि भयो । सबभन्दा यो खटारोबाट झूटो बोल्न, ढाँट्न, एकान्तमा केटी वा अर्काकी स्वास्नी संग कुरा गर्न कति सजलिो भएको । ढाँट्ने कुरा गर्नुपर्दा, म वाथ रुममा थिएँ, मोवाइल चार्जमा थियो, आज सन्चो भएन, टाउको दुख्यो, ज्वारो आयो, म हस्पिटलमा जानु प¥यो । एकछिन पछि फोन गर्छु । म गाडीमा छु । म मिटिङमा छु । फुर्सद छैन, व्यस्त छु, भोलि भेटौंला आदि इत्यादि । लोभीहरूलाई मिसकल गरेर दुःख दिन सजिलो, धम्क्याउन सजिलो, तर्साउन सजिलो, सराप्न सजिलो, नराम्रा कुरा गर्न सजिलो, नम्बरको भरमा पराइलाई आफ्नो बनाउन सजिलो, नेटबाट लुगा नलगाएका मानिसहरूको गतिविधि हेर्न सजिलो, अर्ध–नग्न होइन पूरा–नग्न मानिसको तस्वीर आदान–प्रदान गर्न सजिलो, साइनो जोड्न सजिलो, जोडेपछि तोड्न पनि सजिलो । माया गर्न सजिलो, घृणा गर्न सजिलो । यतिमात्रै हो र वेइमानीलाई सजिलो, अपराधीलाई झन् सजिलो, अपहरणकारीलाई अति सजिलो । च्याउ उम्रेसरी सीम पाइदा कामै पिच्छे प्र्रयोग गरेर फाल्न सजिलो । राम्रो कामको लागि हो भने फोनै लाग्दैन । अहिले जोशको बेलामा सम्पर्क हुन सकेन पुनः प्रयास गर्नुहोल भन्छ । यो मोवाइलको पनि आपाराधिक संगठनसंग मिलेमतो छ कि क्या हो ? नराम्रो कामको लागि हो भने फ्याट्ट फोन लाग्छ । आवश्यक पर्दा वा राम्रो कामको लागि हो भने फोन लाग्दैन । बल्ल–बल्ल फोन लाग्छ कुरो बुझिन्न, इको साउण्ड के के हो के के बुझ्नै गाह्रो ।
कर्णकान्त (सुस्केरा हाल्दै) कसैले नजानेको कुरा तैंले नै जानेको रहेछस् । (घण्टी बज्छ फोन उठाउँदै) काम पूरा भयो ?
फोन : आधा काम याने कि रु. १० करोडको काम भयो । बाँकी भोलि फष्ट आवरमा हुन्छ ।
बेलुन :(तीनछक पर्दै) रातारात तँ मा यत्रो परिवर्तन ! हजार रुपयाँ नहुनेले करोडौंको कुरा ? मलाई डर लागिरहेछ ।
कर्णकान्त : मानौं म चोर हुँ भने तँ किन डराउँछस् ? म नै डराएको छैन भने ।
बेलुन परिस्थिति तैंले सोचे जस्तो सजिलो छैन । यहाँ काम कालुले गर्छ र फल भालूले खान्छ । (यत्तिकैमा प्रहरीहरू आएर बेलुनलाई हतकडी लगाएर लैजान्छन् । कर्णकान्त प्रहरीसंग हात मिलाउँदै जान्छ)
बाटुली : (बेलुनकी श्रीमती रुँदै) हे भगवान ! यो के भयो ? मेरो निर्दोष श्रीमानलाई .......।
छिमेकी : (झ्यालबाट हेर्दै) खास कारण के हो बाटुली ?
बाटुली :(कारण खोल्दै) कुरा गरेको सुन्दा यो मान्छे ठीक छैन भन्ने लागेर प्रहरीमा खवर गरें । उल्टै मेरै श्रीमानलाई पो समातेर लग्यो ।
छिमेकी यो कानूनले मान्छे होइन, मान्छेले कानून चलाएको देश हो । कहाँ कतिबेला के हुन्छ भन्न सकिन्न । समाप्त