सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

माग्ने

Nepal Telecom ad

माग्ने अब यस्तरी माग्ने, विश्व थर्काई माग्ने
जति देश र संस्था छन्, एउटै नछोडी माग्ने
ऋण, दान, अनुदान, जे मिल्छ उही माग्ने
माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने ।

धनी देशका सामु, गरीब छौं भनी माग्ने
गरीबै भेटिए देश, नछोड्ने, डटी माग्ने
कम्युनिट भेटिए देश, समाजवाद भनी माग्ने
प्रजातान्त्रिक भए देश, चुनाव खर्च माग्ने ।

हिमाल हेर कति राम्रो, खान र पढ्न माग्ने
पहाड हेर अति राम्रो, बाटो र पुल माग्ने
तराईका फाँट झन् राम्रा, सुरक्षा, स्वास्थ्य माग्ने
सम्पूर्ण देश नै राम्रो, दिनानुदिन माग्ने ।

जहाँ चर्कन्छ गृहयुद्ध, बन्दुक बोकेर माग्ने
शान्त भेटे कुनै देश, बुद्ध बोकेर माग्ने
भ्याएसम्म नेताले, झण्डा हल्लाई माग्ने
नभ्याए कार्यकर्ताले, एनजिओ खोली माग्ने ।

विश्वको अग्लो शिखर हाम्रो, हामी विश्वको माग्ने
चन्द्रसूर्य रहेसम्म, झण्डा हल्लाई माग्ने
सभ्यता यहीँ जन्मेथ्यो, हुर्कियो भयो माग्ने
भृकुटी तारा उदाइथिन्, अस्ताइन अब माग्ने ।

काँगडा टिस्टा पुगेथ्यौं, फर्कियौं अब माग्ने
हाम्रो सीमा कहाँतक हो ? तोकिदेऊ भनी माग्ने
कृषिप्रधान देश यो मेरो, मल र बीउ माग्ने
मागेकै मलबीउमाथि, कमिसन थप माग्ने ।

उदार अर्थ नीति हाम्रो, उद्योग बेचेर माग्ने
दानका कलकारखाना, पानको मोल माग्ने
स्वदेशी धन् विदेशमा छन्, विदेशी धन माग्ने
विदेशी यहाँ मालामाल, स्वदेशमै हामी माग्ने ।

नेपालको धन हरियो वन, काट्ने र रोप्न माग्ने
हुर्काउन माग्ने फेरि, जोगाउन पुनः माग्ने
कुनै वन जोगिए बाइचान्स, निकुञ्ज खोल्न माग्ने
मान्छे–बस्ती उठाएर लुईँचे जोगाउन माग्ने ।

पर्यटनबाट उँभो लाग्ने, नाक थुनेर माग्ने
सहर, गाउँ र ठाउँको बिजोग देखाई माग्ने
भत्काई पाटी र पौवा, फोटो खिचेर माग्ने
आयो वीर गोर्खाली, खुकुरी बेची माग्ने ।

शुरुमा माग्ने बाटो, अनि मोटर माग्ने
मोटरलाई पेट्रोल र, पेट्रोललाई ऋण माग्ने
ब्याज तिर्ने अनुदानले, दानले खान माग्ने
डकार्दा भत्कन्छ बाटो, बनाउन फेरि माग्ने ।

संस्कृतिका धनी हामी, वेद बेचेर माग्ने
आरती अनि साङ्गेमा, डिस्को नाचेर माग्ने
कलाकृति र संस्कृति, जीर्णोद्धार गर्न माग्ने
त्यागको दर्शन हाम्रो हो, लत्तो त्यागेर माग्ने ।

उचा पहाड पर्वतमा, पैह्रो लडाई माग्ने
लालीगुराँसको वनमा, आगो दन्काई माग्ने
तराईका फाँटमा वर्षे, बाढी बगाई माग्ने
सहर बस्ती दुर्गन्ध, फोहोर बनाई माग्ने ।

डाँफे मुनालका प्वाँख, पङ्खा बनाई माग्ने
गैंडा, बाघ आदिका, छाला काढेर माग्ने
माग्नेसँग माग्नेसँग, माग्नेसँग माग्ने
दिँदा दिँदा सब टाट हुन्छन्, टाट नै सँग माग्ने ।

बच्चा जन्माउन थोर, नियोजन गर्न माग्ने
आफ्ना नसा चुँडालेर, बोर्डर खोलेर माग्ने
गाँडमाथि खटिरो झैं, टन्केर हामी माग्ने
वरिपरि छिमेकीका, माग्ने बटुली माग्ने ।

त्यसै माग्दैन नेपाली, सिद्धान्त छाँटी माग्ने
सिद्धान्तै पनि मागेको, छाँट्ने खर्च माग्ने
विश्व सबैको साझा हो, आफ्नो हक माग्ने
माग्ने योजन गर्न, गुरु योजना माग्ने ।

निरपेक्ष गरिबीको, आँकडा दिई माग्ने
सेमिनार–सर्भेका, रिपोर्ट छापेर माग्ने
बढाए गरीबी देशमा, हक बढ्दछ माग्ने
माग्ने हक दिगो राख्न, माग्ने रहेर माग्ने ।

गरीब हाम्रा धनी होलान्, अनि के भनेर माग्ने ?
भ्रष्टाचार भए निर्मूल, भन के गरेर माग्ने ?
बढारे चोक, घर, आँगन, अनि के गरेर माग्ने ?
विकास यदि भेहाले, भन के गरेर माग्ने ?

यस्ता अनि अनेक उस्ता कारण जोगाई माग्ने
नदिने कसको आँट ? कारण चर्काई माग्ने
हामी चन्द्रमा किन जाने, त्यहाँ के छ र माग्ने ?
चन्द्रमामा बसून् राष्ट्र, पछि गै हामी माग्ने ।

चेली चेला विदेश लाने, नजाने यहीँ माग्ने
फर्काउन माग्ने कोही, बाँकी फर्किई माग्ने
गर्भिणी माग्ने आहार, बालकलाई दूध माग्ने
किशोरी माग्ने शिक्षा, युवक नोकरी माग्ने
बृद्ध माग्ने भत्ता, मरेका पिण्ड माग्ने
गर्भदेखि मसानसम्म, छुट्यो कि कोही माग्ने ?

माग्ने अब यस्तरी माग्ने, विश्व थर्काई माग्ने
माग्दा माग्दा धनी हामी, दिने बन्नेछ माग्ने ।।

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर