भ्रष्टाचारी सरकारमा भेटिँदैछन्
मलाई माया गर्नेहरू हतारमा भेटिँदैछन्
तिमीलाई माया गर्नेहरू बजारमा भेटिँदैछन् ।
यो दुर्भाग्य हुनसक्छ नेपालका जनताको
भ्रष्टाचारी शोषकहरू सरकारमा भेटिँदैछन् ।
जसले हिजो घात गर्यो सानो सम्झी अरुलाई
उनीहरू जिन्दगीको मझधारमा भेटिँदैछन् ।
युद्धकालमा बेपत्ता भै हराएका सपूतहरू
हिजोआज आफ्नै घरको संघारमा भेटिँदैछन् ।
स्कुल गा’को प्यारो छोरो साँझ घर नफर्किदा
केवल यहाँ बालबालिका समाचारमा भेटिँदैछन् ।
जहदा, नवलपरासी