सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गर्नु गर्यो फेसबुक आइडीले

Nepal Telecom ad

जमाना अनुसार त चल्नै प¥यो भनेर फेसबुकमा एउटा नक्कली आइडी बनाएँ । एक, दुई, तीन गर्दै साथीहरू पनि बनाउँदै गएँ । राम्री केटी देखेजति सबैलाई साथी बन्न अनुरोध पनि पठाई नै रहें । कतिले मेरो अनुरोधलाई तुरुन्तै स्वीकारे त कतिलाई तातो नै लागेन क्यार वास्तै गरेनन् । कसैको फोटो राम्रो होस् कि नहोस् देख्नासाथ हतार हतार लाइक ठोक्दिन्थें । राम्रीलाई त राम्री भन्नै प¥यो, यसो हेर्दा त्यति राम्री नदेखिनेलाई पनि वा, कति सुन्दरी भन्दिन्थें । कोहीले त प्रतिक्रियामा सुन्दरी लेखेको देखेर मख्ख पर्दै म्यासेज बक्समा हेलो पनि गरिहाल्थें तुरुन्तै । जस्ले हेलो भने तिनीहरूसँग मेरो कुरा गर्ने बाटो रङ्गमञ्चको पर्दा खुले झैं गरी खुलिगो । अनि सुरु भो रङ्गमञ्चन धमाधम ।
हेलो, हाय, हाउ आर यु ? आदिसँगै अरु के, कसो, कता, किन, र कसरी सबै सकिएपछि पालो आयो नितान्त व्यक्तिगत कुरा, बिहे भो ? बालबच्चा कति छन् ? कसैले बिहे भएर नि भाछैन भन्थे होला, कसैले नभए नि भाछ भन्थे होला के थाहा, थाहा पाउँने कुरो पनि त भएन । गज्जबसँग गफ हाँक्यो घण्टौंसम्म काम नपाए झैं । आजकालका युवायुवतीहरू गफ गर्न खप्पिस के सकिन्थ्यो कुरा गरेर । आर यु फाईन भन्यो अङ्ग्रेजीको एफ र नाइन जोडेर लेख्छन् । डब्लुटी लेख्नासाथै ह्वाट भयो रे । खाना खायौ भन्यो खाए भने युप रे नखाए नोपे रे हे कली, के जमाना आयो ? फेसबुकको स्टेटसमा खै के लेख्याहुन् केही बुझिने हैन । फेरि यो त्याग भनेको एउटा अचम्मकै त्याग रहेछ बुझ्नै नसकिने । पहिला त फलानोले यो त्याग ग¥यो, उ त्याग ग¥यो भनेर उसले छोडेको विषयलाई भन्थे । यो फेसबुके त्याग त आम्मामामा ट्याक्क त्याग गरि दिएपछि जस्लाई त्याग गरिदिएको हो उस्कै नाममा टाँसिएको टाँसिएकै गर्दो रहेछ । कोहि त्याग त बिचित्रकै त्याग हुँदो रहेछ बस्त्र त्याग हेरिनसक्नु । हैन कति छिल्लिएका हुन आजकालका ठिटाठिटि ? हुनत हामी बुढाहरूमात्र कम त कहाँ हौं र हा हा हा, तरुनीलाई साथी बनाएर छिल्लिई छिल्लिई कुरा गर्नुपर्ने । बुढाहरू प्रोफईलमा आफ्नो फोटो नराख्ने, ठिटिहरू वेवसाईटका राम्री राम्री केटीका फोटा छानी छानी प्रोफाईलमा राख्ने । अनि परेन त बित्यास? बुढाहरू प्रोफाईल फोटो हेर्दै घुटुघुटु थुक निल्दै । बुढेसकाल लागे पछि बुढाहरू पात्तिन्छन भनेको सुनेको हो उहिले, अहिले त हो कि हो कि झैपो लाग्न थाल्यो हा हा हा । हुन त कतिपय केटाहरूले पनि केटीको नाममा आइडी बनाएर केटाहरूलाई उल्लु बनाउँछन रे । हामीलाई के मतलब, गफै त हो के जान्छ । फेरी संगै बसेर गफ गर्नुपर्ने हैन क्यार । मेसेज लेख्नु त हो जे लेखिदिए नि भैगो ।
एक पल्ट च्वाँक केटी अनलाईनमा देखेर हेलो भनिहालें त्यस दिन म नराम्ररी फँसें । हेलो भन्नासाथ उताबाट हाय भनिहाली, के छ? कता हो? के गरिन्छ ? सबै सोधियो । आफू तपाई नै भन्दै थिएँ, उस्ले प्वाक्क तिमी भनेर ल्याई । अब म पनि किन तपाई भन्नु भनेर मैले पनि तिमी भनिदिएँ । कुरा हुँदै गयो, हुँदै गयो । मौसमी खबर के सोध्या थिएँ जाडो छ नि, यहाँ के गर्नु एक्ली छु जाडोमा भनी । अनि त के खोज्छस् कानो आँखो भनेझै गफैले झ्याम्मै चौतारी पारियो । जहिले फेसबुक खोल्यो उसैको म्यासेज निलोमा रातो नम्बर लेखेर ङिच्च हेरिरहेको हुन्छ । यसो क्लिक गरेर हे¥यो, के के भन्या हुन्छ के के । एक दिन त मलाई सारै झ्वाँक चल्यो र मेले नि जे जति भन्नुपर्ने हो सबै लेखेर सेण्ड गरिदिएँ । त्यो मेसेज पढेर भाउ पाईछ क्यार मोबाईलमा रिचार्ज नम्बर पठाई देऊ भनेर डिमाण्ड गर्न थाली । अलिक दिन त हुन्छ हुन्छ अहिले म रिचार्जकार्ड पाउने ठाउँमा छुईंन पछि पठाई दिउँला है भन्दै गफ हान्ने गर्न थालें । उ पनि खै त, खै त भन्दै गफ चैं हान्दै थिई । एक दिन मैले मेरो स्टेटसमा “नाथे मोवाईल रिचार्ज गर्न पनि के मागी मागी गर्नु है, पैसा नहुनेले किन मोबाईलबाट नेट चलाउनु प¥यो” भनेर लेखिदिएको हेरिछ क्यार ! एक पल्ट मेसेज गरेर माग्दा माग्दा पनि पठाएनौ, भो अब मसँग कुरा नि नगर पठाउन पनि पर्दैन भनी । त्यसपछि मलाई अनफ्रेण्ड गरिदिई ।
मेरो आइडी विदेशी विदेशी लाग्ने खालको भएकोले होला मलाई साथी बनाउने अनुरोध पनि देश विदेश दुबै तिरबाट आउँथ्यो । जताजताबाट अनुरोध आए पनि स्वीकारें । कतिले त आफ्ना विभिन्न खाले पेजहरू बनाएर त्यसको प्रोमोट गर्न गराउनका लागि साथी बनाउँदा रहेछन् । साथी बनाउन अनुरोध आयो भन्दै दङ्ग परेर स्वीकार्यो अनलाईनमा हुँदा हेल्लो भन्यो, हाय भन्यो जवाफ मरे आउने हैन । यस्ताखाले साथीहरूको स्टेटस प्राय यस्तो देखिन्छ, “सरी साथीहरू, म तपाईहरूले पठाएको मेसेजको जवाफ दिन सक्दिन कारण सयभन्दा बढी साथीहरू अनलाईनमा छन, म ककस्लाई जवाफ दिउँ ?” । एकदुई जनाको त पेज पनि लाईक ग¥यो । गरे पनि केही प्रतिक्रिया आउने हैन नगरे पनि केही हुने हैन । गफ गर्नेहरूसँग पनि हावामा गफ ग¥यो, फेसबुक ततायो हात लाग्यो शून्य, वाक्क लागेर आइडी नै निस्कृय पारिदिएँ । ‘नरहे बाँस, नबजे बाँसुरी ।’
sauravsagar2013@gmail.com

Fitkauli Publication Books comming soon
Nepal Telecom ad