सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अख्तियारको ओर्याइँ बन्द गर

Nepal Telecom ad

अख्तियारको ओर्या इँ अलि बढी नै भइरा\’छ । मान्छेको प्रतिष्ठा, योग्यता, पेसा इत्यादिको ख्यालै नगरी जसलाई पायो त्यसलाई ठाउँ-कुठाउँ पक्रिँदै थुन्दै गरिरहेको छ । कलेज र विश्वविद्यालयका पूज्यवर गुरुहरूमाथिको आक्रमण हामी सम्पूर्ण अभिभावकका लागि चिन्ता र खेदको विषय भएको छ । विश्वविद्यालयका कुलपति, उपकुलपतिदेखि प्राध्यापकलाई समेत भ्रष्टाचारी भन्दै समात्दै गरेको देख्दा हामी त्यस्ता कलेज र विश्वविद्यालयमा आफ्ना छोराछोरी पढ्न पठाउने अभिभावक सरमले पानीपानी भएका छौँ । हामी सम्पूर्ण अभिभावक र विद्यार्थी अख्तियारको यो अशोभनीय कार्यको भत्र्सना गदर् छौँ ।

पछिल्लोपटक एक कलेजका निर्देशक, प्राध्यापकलगायतका व्यक्तित्वलाई प्रश्नपत्र बेचबिखन गरेको भन्दै पक्राउ गरिएको छ । ती आदरणीय सरहरूको दयनीय तस्बिर सञ्चारमाध्यममा देख्नुपर्दा हामी अभिभावक लाजले भुतुक्क भएका छौँ । हामीलाई समाजमा मुखै देखाउन गाह्रो भएको छ । हामीले हाम्रा छोराछोरीको भविष्य बनाउने जिम्मा दिएका गुरुहरूका हातमा हत्कडी लागेको देख्दा हामीलाई आत्महत्या गरूँ गरूँ जस्तो भएको छ । हामीलाई मरूँ मरूँ जस्तो भएको छ । हामीमध्ये लाजले कोही मर्यौँी भने त्यसको सम्पूर्ण जिम्मेवारी अख्तियारले लिनुपर्छ ।

अख्तियारले अन्यायपूर्वक पक्राउ गरेका सरहरूले डाक्टरको छात्रवृत्ति परीक्षाको प्रश्नपत्र हत्याउन गरेको मिहिनेत र उठाएको जोखिमका आधारमा उनीहरूलाई अभिनन्दन गर्नुपर्ने थियो । सधैँका वर्षजस्तो यसपालि मन्त्रालयबाटै प्रश्नपत्र फुत्काउन गरेको उनीहरूको अथक प्रयास असफल भएछ । परीक्षाकै दिनसम्म पनि प्रश्नपत्र हात नपर्दा प्रश्नपत्रका थोक विक्रेताज्यूलाई कस्तो टेन्सन भयो होला ! खुद्रा विक्रेता गुरुज्यूहरू र कमिसन एजेन्ट सरहरूलाई कति कठिन भयो होला ! १०-१० लाख रुपियाँ दाम कपाली तमसुकका भरमा बुझाएर करोडौँको डाक्टर हुन तयार भई बसेका विद्यार्थी र तिनका अभिभावकको मुटुको धड्कन कति पुग्यो होला । यस्तो कठोर परिश्रम गरेर प्राप्त गर्न लागेको उपलब्धिलाई अख्तियारले छिनभरमा ध्वस्त बनाइदियो । अख्तियारको यो शिक्षाविरोधी हर्कतप्रति हामी सबैले खेद व्यक्त गर्नुपर्छ ।

बिचरा ती शिक्षाप्रेमी सञ्चालक र प्राध्यापकलाई शिक्षाको अर्को दोकान खोल्न मन थियो होला । आफूभन्दा जेहेनदार भविष्यका कर्णधार उत्पादन गर्ने इच्छा थियो होला । विद्यार्थीलाई चोर्न, लुट्न, ठग्न, घूस खान वा जसरी पनि सम्पन्न र सुखी जिन्दगी बनाउन सिकाउने रहर थियो होला । के थाहा, बिस्तारै उनीहरूले विद्यार्थीलाई नक्कली नोट छाप्ने तरिका पनि सिकाउँथे कि ! त्यो गर्न सकेको भए देशको अर्थतन्त्रमा ठूलो टेवा पुग्थ्यो होला । यसरी हरतरहले उनीहरूलाई व्यापार बढाउने इच्छा थियो होला । गाडी फेर्न मन थियो होला । अस्पतालमा लगानी गर्न मन थियो होला । होटल खोल्न मन थियो होला । आवास व्यवसायमा हात हाल्न मन थियो होला । त्यसका लागि पैसाको जरुरत थियो । त्यसैले उनीहरूले आफूले जानेको सीप प्रयोग गरेर स्रोत जुटाउन खोजेका थिए । अख्तियारका कारण सबै योजना चकनाचुर भए । अख्तियारको यो अत्याचारलाई हामी सबैले उछितो काढ्नुपर्छ ।

हामी आह्वान गर्छौं, शिक्षाको क्षेत्रबाट नयाँ नेपालका लागि दक्ष जनशक्ति उत्पादन गर्दै राष्ट्र निर्माणमा जुटेका त्यस्ता विकासप्रेमी धुरन्धर गुरुहरूलाई बाइज्जत रिहा गरी राष्ट्रिय पुरस्कारहरूले सम्मान गरियोस् । उनीहरूलाई रथमा राखेर सार्वजनिक अभिनन्दनसहित नगर परिक्रमा गराइयोस् । अख्तियारको ओर्यायाइँ बन्द गरियोस् ।
नेपाल साप्ताहिक, ६२४, मङ्सिर २८, २०७१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
भूमिका भूमिका जस्तो एक शुभकामना मन्तव्य

भूमिका भूमिका जस्तो एक...

लक्ष्मण गाम्नागे
उल्काउल्काका शुल्कहरू

उल्काउल्काका शुल्कहरू

लक्ष्मण गाम्नागे
भूमिकाको भुमरी

भूमिकाको भुमरी

लक्ष्मण गाम्नागे
राष्ट्रिय ए’कता ?

राष्ट्रिय ए’कता ?

लक्ष्मण गाम्नागे