गिजोलगाजल गजलास्टक
१. आफ्ना गोष्ठी यात्रा साठी वर्ष बुढा भए !
जवानले “रथ यात्रा” नौलो ठोक्ने भए !
२. हाम्रा भाइ छोराहरू जौडे नेता भए !
हामी बुढा कौडे भयौँ ! उनै जौडे भए !
३. “घोडा चढ्यो अर्को भने धुरी नचढ्नु है !”
बुढा पाका भन्थे !! मान्ने डङ्ग लड्ने भए !
४. दाउ लागे जुवा मारा ! जत्रो पनि ठिनी !
“शताव्दीकै श्रेष्ठ मान्छे” ! पुच्छरे जौडे भए !
५. गणेसिई ठुला ठुला लेखन्ते नै हुने !
“भाषाविज्ञ” पनि अरे ! मुड्की ठोक्ने भए ।
६. ठुला ठुला पुरस्कार सत्ता ? याङ्ग्लेलाई
मुख्य टाउके समाचार थप ! लुट्ने भए !
७. काठमाडौं नजाने त सत्ता नखोज्ने त
यो देशका विकामे र साँच्चा कौडा भए ।
८. महँगी र अभावको कुरा मूर्खता है !
चाकरी र चुक्ली सिक्न जान्न जौडे भए !
झर्रो नेपाली घर, चन्द्रगढी झापा