हजुरबाले नातिलाई भने– हेर बाबु हाम्रो पालामा पनि तेरो पालामा जस्तो मोबाईल कम्प्युटर भएको भए कस्तो हुन्थ्यो होला है । मैले पनि मोबाईलबाट केटीहरूलाई फोन, म्यासेज, मिसकल गर्दथेँ होला । फेसबुक चलाउँथे होला । राम्रा राम्रा केटी छानेर फ्रेन्ड रिक्वयस्ट पठाउँथे होला । रातभरि च्याट गर्दथेँ होला । लाईक, कमेन्ट गर्दथेँ होला । स्काईप, भाइबरमा भ्वाईस, भिडियो च्याट गर्दथेँ होला । बाईकको पछाडि केटीलाई राखेर डेटिङ जान्थेँ होला । तर के गर्नु बाबु, म पहिल्यै जन्मिएछु । बुढाले चुकचुकाउँदै यस्तो भनेछन् ।
हजुरबाको कुरा सुनेर नातिले भन्यो– हेर्नुहोस् हजुर बा, म पनि तपाईको पालामा जन्मेको भए सानै उमेरमा विवाह गर्दथेँ होला । कत्ति रमाईलो हुन्थ्यो होला । केटीहरूलाई कुनै भाउ दिन पर्थेन होला । मोबाईल र इन्टरनेटको हजारौंको बिल पनि उठ्ने थिएन होला । गलफ्रेन्डलाई घुमाउन लाने र गिफ्ट किन्दिने टेन्सन पनि हुन्थेन होला । म पनि तीन चारवटीलाई विवाह गर्दथेँ होला । घरभरि सन्तान जन्माउँथे होला । अनि सबैलाई काममा लगाएर म पनि बसेर मज्जाले खान्थेँ होला । नातिले चुकचुकाउँदै आफ्नो व्यथा सुनायो ।
नातिको व्यथा सुनेर हजुरबा त ट्वाँ..... ।
–राजन पनेरू