सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्वाँख

Nepal Telecom ad

पलाएपछि
शरीरमा दुई जोडी प्वाँख
एकाएक
बिर्सिन्छ उसले
आफ्नो अतीतलाई
आफ्नो आधारलाई
आफ्नो जिउलाई
जीवनभरिको अनुभव र आस्थालाई
सम्पूर्णमा आफैंलाई
अनि
उड्न थाल्छ वेगिलो बताससित
दिशाहीन
चेतनाहीन
फुक्काफाल
जसले जिन्दगी बिताएको थियो हिँडेरै
छओटा खुट्टाका भरमा
कायम गरेको थियो सन्तुलन सधैं
जम्मÞा गरेको थियो
प्वालमै रसदपानी
जब अकासिन्छ ऊ
अरुले सुर्याइदिएको भरमा
देख्छ आफू माथि पुगेको
ठान्छ आफू अग्लिएको
मान्छ आफू धर्तीबाट बेग्लिएको
सुइंकिन्छ कुन सड्को
हुइइइय चलेको हुरीसित
फेरि
सैसैला खेल्दै बतासिन्छ
कालो बादलसित
तर
जब बर्सिन थाल्छन्
बादलबाट
पानीका मिहिन थोपाहरू
सिर्जनाका
तब भिज्न थाल्छन्
बिस्तारै बिस्तारै
पखेटाहरू महत्त्वाकाङ्क्षाका
खस्छ ऊ माटोमा
ढुनुमुनिंदै
सहाराहीन भएर
आखिर
पलाइछाड्ने रहेछन्
आयु सिद्धिंदै जाँदा
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
राष्ट्रिय विकास रमिता !

राष्ट्रिय विकास रमिता !

गायत्री परिरोशनी
के गर्न बाँकी छ ?

के गर्न बाँकी छ...

प्रेम ओली ढकलपुरे
सबै उस्तै उस्तै

सबै उस्तै उस्तै

विजयध्वज थापा
घोचक गीत

घोचक गीत

अमर अधिकारी
सरकार बनाउन देऊ

सरकार बनाउन देऊ

खगेन्द्र नेउपाने
आसन्न विश्वयुद्ध

आसन्न विश्वयुद्ध

विष्णुहरि पाैडेल