सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अब सभासद चुट्नु पर्योे…

Nepal Telecom ad

तलब खानु त काम नछोड्नु नि
जति भन्यो उति काम त गर्नु नि
फगत हाजिर मात्र बज्यो उता
अब सभासद चुट्नु पर्यो कि ता ।

घरि उतातिर फुर्र विमानमा
घरि यतातिर हात चिहानमा
अघि भन्यो अहिल्यै सब बिर्संदा
अब सभासद चुट्नु पर्योे कि ता ।

कति गरेर मरेर बनाइयो
कति गुराँस र आँप सजाइयो
घन लिएर भने घर यो फुटा
अब सभासद चुट्नु पर्यो कि ता ।

नगद आउँछ ता सब एक छन्
मुलुक बन्दछ ता सब मूक छन्
नव विधान बनाउनु हो कता
अब सभासद चुट्नु पर्यो कि ता ।

घर फिरेर त आउनु पर्छ नि
कति विवाह मलाम त पर्छ नि
अनि भनौं पर जा तँ नआ यता
अब सभासद चुट्नु पर्यो कि ता ।

जल लिईकन डाडु उठाउनू
पस यहाँ मर लाज लुकाउनू
बुझ यही हुनु शेष छ योग्यता
अब सभासद चुट्नु पर्यो कि ता ।
कमलपोखरी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
जुठो हाड खाऊ

जुठो हाड खाऊ

रमेश खकुरेल
बिजुली पानी

बिजुली पानी

रमेश खकुरेल
म त भार भएँ

म त भार भएँ

रमेश खकुरेल
दलाल

दलाल

रमेश खकुरेल
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम