सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

क्या’र्ने यस्तै भन्छ !

Nepal Telecom ad

१. अहिले पो आँखा देखेँ भन्छ अग्ले यो त !
विद्यार्थीमै थाहा हुन्थ्यो ! क्या’र्ने यस्तै भन्छ !

२. तन्देरी हुँ भन्छ ता नि ! प्रतिक्रियावादी
प्रजातन्त्र आस्था लौ बोल् क्या’र्ने यस्तै भन्छ !

३. खानु चुठ्नु के के गर्नु चार्वाके भो मान्छे
म त जे होस् भुँडीवादी ! क्या’र्ने यस्तै भन्छ !

४. पग्ली पग्ली शास्त्र भन्छ ! नीति मान् रे ! भन्छ !
नयाँ नेपाली पो म त ! क्या’र्ने यस्तै भन्छ !

५. आफ्नो बानी को छोड्छ हँ ? कमाइन्छ धन
त्याग स्याग थोत्रा कुरा ! क्या’र्ने यस्तै भन्छ !

६. “उतातिर पनि हेर मान्छे के के भए !
हामी आफ्नो भुईं चिनौँ !” क्या’र्ने यस्तै भन्छ !

७. व्यक्ति ठुलो ! आफै ठुलो ! आफन्त को ? आफ्नी
प्राण प्यारी ! गाँठ ठुलो ! क्या’र्ने यस्तै भन्छ !

८. वेवकुफ तपस्वी हुन् ! नामर्द हुन् झोले !
म मर्द हुँ र छु ठालु क्या’र्ने यस्तै भन्छ !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी