सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टेलिफोनको टनटन

Nepal Telecom ad

लखरठ्याक फेरि डेरा सर्यो । उसलाई डेरा सर्न खासै गाह्र्रो परेन । एक दुई वटा थोत्रा स्टोभ, खटिया भन्न लायकको एउटा पलङ्ग, दुई तीनवटा प्लास्टिकका जर्किन, दुई तीन वटा निगालोका रयाक र रयाकमा भएका केही थोत्रा–मोत्रा कितापहरू ‘प्याक’ पारेर मिनी ट्याक्टरमा हालिदिएपछि लखरठ्याकले छोड्ने कोठा खाली भइहाल्यो । त्यही नजिकैको अर्को कोठामा ऊ सर्यो । छोडेको कोठा र सरेको कोठा बीचको दूरी मुस्किलले साडे दुई सय मिटर होला । केही समयदेखि लावारिस रहेको एउटा टेलिफोन लाइन पनि लखरठ्याकले फेला पारेको थियो । डेरा सर्दा उसले सोच्यो— यति नजिकैको दुरीमा रहेको टेलिफोन सार्न त्यस्तो गाह्रो नै के पर्ला र ?
डेरा सरेको भोलिपल्टै त्यही ‘साइट’को दूरसञ्चारको एकजना ‘फिल्ड टेक्निसियन’सँग लखरठ्याकको जम्काभेट भयो । संयोगवस गल्लीमै भेट भए पनि उसले टेक्निसियनलाई आफू डेरा सरेको कुरा बतायो र फोन सार्न के कसो गर्नुपर्ला भनी सङ्क्षिप्त विचार विमर्श गर्यो । टेक्निसियनले पनि हाल बहाल रहेको ठाउ र सार्नुपर्ने ठाउको सामान्य अवलोकन गरेपछि लखरठ्याकलाई जानकारी दियो– “तपाईंको ‘क्याबिनेट’ र ‘डिपी’ नै फरक पर्ने भएछ, त्यसकारण अब तपाईंको ढिपीले पनि केही गर्दैन, त्यस्तो नभएको भए म अहिले नै यताको तार थुतेर उता सिउरीदिन्थे“ भइहाल्थ्यो । त्यसकारण अब तपाईं सुनधारामा गएर ठाउ“सारीको दर्खास्त दिनुहोस् । बिना ‘प्रोसेस’ त यो सम्भव नै छैन ।” टेक्निसियनको कुरा प्रष्ट थियो, लखरठ्याकले नबुझी धरै थिएन । कुरो बुझेर र ऊ आफ्नो कोठामा फर्कियो । उसको टेलिफोनको गट्टो नया कोठामा, तारको लहरो चाहि पुरानो कोठामा । आज गर्नुपर्ने कामको फेहरिस्त सम्झियो— कति काम त ऊ टेलिफोनबाटै सम्पन्न गर्न सक्थ्यो तर अब सम्भव छैन । न त नजिकै सार्वजनिक टेलिफोन छ, न त ‘प्राइभेट सेक्टर’को सञ्चार सेवामा गएर मिनेटै पिच्छेको रु. ५/– तिर्ने हिम्मत नै उसले गर्यो ।
अरू सहस्र काम छोडी लखरठ्याक हान्निएर त्यसै दिन सुनधारा पुग्यो । ठाउसारीको दरखास्त लियो र फटाफट त्यही भर्यो । दर्ता शाखामा पुगेपछि उसले थाहा पायो— दर्खास्तमाथि निश्चित कारवाही पूरा नभई दरखास्त नै दर्ता हु“दो रहेनछ । सारा सरकारी अड्डा—अफिसमा निवेदन दर्ता भएपछि कार्वाहीको प्रक्रिया सुरू हुने गर्छ— लखरठ्याकलाई थाहा भएको कुरो यही हो । तर दूर सञ्चारमा त्यस्तो नहुदो रहेछ । ठाउसारीको दरखास्त दर्ता हुनुपूर्व नै दरखास्तसम्बन्धी आधारभूत प्रक्रिया पूरा हुनुपर्ने ज्ञान प्राप्त गरेर ऊ सबभन्दा पहिले पुग्यो शुल्क शाखामा । भद्रकालीको फेरो मारी दरखास्तमै फलानो महिनासम्मको शुल्क बुझाइसकेको व्यहोरा उल्लेख गराइसक्दा नसक्दै त्यस दिनको अफिस समय सकियो ।
आधारभूत प्रक्रिया अन्तर्गतको अर्को महत्वपूर्ण काम थियो— सेल्स शाखाले पुरानो रेकर्ड हेरी त्यसमा केही अगडबगडम उल्लेख गर्नुपर्ने । दोस्रो दिन पनि सहस्र काम छाडेर दूर सञ्चार पुगेको लखरठ्याक दुई घण्टा कुरेच काटेर रित्तो हात फर्कियो । यो कोठाबाट ऊ कोठा, छ नं. बाट आठ, त्यताबाट पनि उता, उताबाट पनि यता दौडिए र दौडाइएपछि उसलाई भनियो— “तपाईंको टेलिफोनको पुरानो रेकर्ड भेटिएको छैन, भोलि आउनुस् है †” अनि फेरि भोलिपल्ट अर्को लफडा आइलागेको जानकारी पायो– “तपाईंको टेलिफोन उताबाट ‘एक्सचेन्ज’ भई यता आएको रहेछ, यसको रेकर्ड त छाउनी एक्सचेन्जमा हुनुपर्ने, तपाईं त्यही“ जानुहोस् ।” हातमा टोपी लिएर लखरठ्याक ठाउसारीको दर्खास्त खल्तीमा च्यापी चौथो दिन छाउनी एक्सचेन्ज हाजिर भयो । प्रक्रियामाथिको प्रक्रिया बेहोर्दै त्यहा पनि उसले निकैवटा कोठा चाहर्नु पर्यो । अन्ततः त्यो दिन पनि र त्यहाबाट पनि उसको काम फत्ते भएन । तपाईं भोलि आउनुस् या फलानो नम्बरमा फोन गरी सोधखोज गर्नुहोस्, यहा“ फेला नपरे तपाईंको रेकर्ड कीर्तिपुर एक्सचेन्जमा हुनसक्छ । तपाईंले त्यतै बुझे पनि हुने ।” लखरठ्याकले हस् भन्दै टाउको हल्लायो । उसँग अर्को विकल्पै थिएन । दरखास्त दर्ता गर्न पूरा गर्नुपर्ने प्रक्रिया सुरू भएको पाँचौँ दिन सार्वजनिक विदाको दिन प¥यो । छैटौ दिन पनि लखरठ्याकले आफ्नो सबै समय टेलिफोनको टनटनमै समर्पण गर्ने विचार गर्यो । उसले मनमनै सम्झियो– यो ठाँडो नभई पनि नहुने, हुँदा पनि नहुने के आइलागेको हँ ? हैरान, हैरान हुँदै ऊ कीर्तिपुर जाने बस चढ्यो । बर्खेझरी, कीर्तिपुर रूटको मिनिबस । बसभित्रै छाता ओढ्दा पनि लखरठ्याक निथ्रुक्कै भिजेर कीर्तिपुर एक्सचेन्ज अफिस पुग्यो र पुकारा गर्यो– “प्रभु, यो फजितीबाट मलाई मुक्ति बक्सियोस् !” त्यहाँ पनि उसको दरखास्त फारमले सम्बन्धित शाखाको टेबुलमा घण्टा दुएक कुरेच काटेपछि मात्र मौखिक फरमान जारी भयो— “यसको रेकर्ड त फलाना मितिमा यहाँबाट छाउनी पठाई सकिएको छ । लौ तपाईं उहीं जानुहोस् ।” लखरठ्याक फिर्ता भएको बैरङपत्र जस्तै पुनः छाउनी पुग्यो । पुनः सबैसबै वृतान्त सुनाएपछि दुई जना कर्मचारी मित्रहरूले खूब जा“गर देखाए– शाखामा भएका नया“ पुराना सारा फाइल उधिनियो, खोजियो तर खोजेको कुरा अहँ, मरे फेला परेन । बरु एउटा खातामा उल्लेख भएको कुरालाई हवाला दिंदै “यो त सुन्धारा क्षे.का. मा पठाई सकिएको रहेछ, लौ तपाईं त्यहीं जानुहोस्” भनियो । त्यस दिन पनि लखरठ्याक रित्तै हात डेरा फर्कियो । र, टेबुलमा गजक्क परेर बसेको लाइन बेगरको टेलिफोनको गट्टोलाई टपक्क टिपेर खाटमुनि घचेट्यो । अनि खाटमा उत्तानो टाङ लाएर दलिन गन्दै उसले यो हप्ताभरि चौपट भएको कामको हिसाब लगायो । उसको टाउको त्यसैत्यसै चक्कराएर आयो ।
अरू थप चार दिन लखरठ्याकले सुनधारामा खर्च गरिसक्यो तर सा“डे दुईसय मिटरको दुरीमा रहेको टेलिफोन ठाउ“सारीको दर्खास्त दर्ता गर्नुपूर्वको एउटा प्रक्रिया अझै पु¥याउन सकेको छैन लखरठ्याकले । त्यो प्रक्रिया पूरा गरी दर्खास्त दर्ता भएपछिको प्रक्रिया त बाकी नै छ । हेरौं, लखरठ्याकको टेलिफोन ठाउसारी भई जडान हुन कति महिना लाग्ने हो । लखरठ्याकको यो सबै टेलिफोन टनटन सुनाएपछि डेरा सर्न खनखन गरिरहेकी लखरठ्याककी पत्नी रामप्यारीको मनोविज्ञान भने राम्रैसँग परिवर्तन हुनपुगेको छ । यसका निम्ति सभक्तिपूर्वक दूर सञ्चारको जय गाउन यो मन तुलबुलाउनुसम्म तुलबुलाइरहेछ । धन्य धन्य ! दूर सञ्चार !! हजूरको जय होस् ।
(वेदनामा ‘दूरसञ्चारको जय’ शीर्षकमा, २०५९ पुस)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad