त्यो दिन पनि अघिल्ला अघिल्ला दिनको जस्तै आलुप्याजकै तरकारी देखेर खान बसेका छोराछोरीले असन्तोष पोखे– “छि, आज पनि आलुप्याजकै तरकारी !”

अरू उपाय नभेटेर आमाले जबाफ दिइन्– “होइन नानी हो ! यो त आलुप्याजको होइन प्याजआलुको तरकारी हो ।”

छोराछोरी सानै थिए । आमाको जवाफ बुझ्दा पनि बुझेनन्, बुझ्ने कोसिस पनि गरेनन् ।
बरू छोराछोरी र पत्नीका कुरा सुनेर छोराछोरीसँगै खाँदै गरेको बुबा हाँस्यो ।

पतिको हाँसो देखेर पत्नीले सोधिन्– “के सम्झेर हाँस्नुभो ?”
पतिले जबाफ दियो– “प्रजातन्त्र (लोकतन्त्र ?) सम्झेर ।”