सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सधैं सबै उही !!

Nepal Telecom ad

१. बानी उही ! वाणी उही ! अनुहार उही !
चरित्र झन् दुरुस्त नै नयाँ खोई ? उही !

२. कहाँ फिर्छ विगत त ! गत भयो ! गयो !
सावधान ! झुक्याउने पारा बढ्यो उही !

३. च्याँखे थाप्छ त्यही मान्छे ! नयाँ मान्छे चुप्प !
चेतना त भाग्ने दाउ ! समाज नै उही !

४. घुस खाने ! अख्तियार छल्न एक हुने !
इमानको कुरा सुन्दा भाग्ने पारा उही !

५. नपढ्ने र बुझक्कड हुने पारा उही !
हवलदारी तन्त्र उही ! सवै सवै उही !

६. महिला त जागे भन्थे ! फेसनमा लागे !
जागृतिमा खिया लाग्ने जीर्ण पारा उही !

७. युवा वर्ग ! भविष्यका कर्णधार भन्थे ! !
उहिलेका जस्तै पछि हुने पारा उही !

८. देश सडे हामी सड्छौं ! चिनाउने छैन !
लुट ! खाऊ ! मोज गर ! उपदेश उही !
झर्रो नेपाली घर, चन्द्रगढी झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
खाेइ टेरिस्

खाेइ टेरिस्

चूडामणि रेग्मी
गफडी ! काम गर्ने भइस् !

गफडी ! काम गर्ने...

चूडामणि रेग्मी
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
कुरा बनाइस् ! टाट पल्टँदा पनि धाक !

कुरा बनाइस् ! टाट...

चूडामणि रेग्मी
अठार कसार बटार !

अठार कसार बटार !

चूडामणि रेग्मी