सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जिम्मेवार नेता कि जनता ?

Nepal Telecom ad

प्रजातन्त्रमा बहुमतले जे गर्छ त्यही हुन्छ
नेताको भन्दा जनताको सङ्ख्या धेरै हुन्छ
प्रजातन्त्र भएको बेला देश बिग्रियो भने
त्यसको जिम्मेवार नेता हुन्छ कि जनता हुन्छ ?

प्रजातन्त्रमा जनता नै मुख्य शासक हुन्छ
सरकार बनाउन र ढाल्न सक्ने त्यत्रो तागत हुन्छ
जनताले नेतालाई सरापेर आफू चोखिन खोजे
त्यो सराप जनतालाई लाग्छ कि नेतालाई लाग्छ ?
प्रजातन्त्रमा देशको जिम्मा त जनताको हुन्छ ।

प्रजातन्त्रमा नेता जनसेवक र जनता जनार्दन हुन्छ
जनार्दनले दिएरै त जनसेवकको आर्जन हुन्छ
जनार्दनकै आशिर्वादले जनसेवकले गरेको आर्जनमा
फेरि जनार्दनकै कुदृष्टि पर्नु हुन्छ ?
प्रजातन्त्रमा देशको जिम्मा त जनताको हुन्छ ।

प्रजातान्त्रिक शासन व्यवस्थामा देश बिग्रियो भने
त्यसको दोषी नेता हुँदैन, जनता हुन्छ
प्रजातन्त्र पनि चाहिने, देश बनाउने जिम्मा जति चैं नेताकै मात्रै हुने !
प्रजातन्त्रको यस्तो अर्थ लगाउने जनता नरोए अरु को रुने ?
प्रजातन्त्रमा देशको जिम्मा त जनताको हुन्छ ।

प्रजातन्त्रमा देशको जिम्मा त जनताको हुन्छ
करोडौँ जनता गैरजिम्मेवार भएपछि
जाबो नेताले मात्रै गरेर के हुन्छ ?
प्रजातन्त्रमा देशको जिम्मा त जनताको हुन्छ

प्रजातन्त्रमा देशको जिम्मा त जनताको हुन्छ
नेता सरापेर के जनता चोखो हुन्छ ?
बत्तिसपुतली

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
यस्तो पो उपद्रो !

यस्तो पो उपद्रो !

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
एड्भान्स झ्यालखान

एड्भान्स झ्यालखान

चट्याङ मास्टर
भ्रष्टेश्वर शरणम्

भ्रष्टेश्वर शरणम्

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
भट्टी जाने हो

भट्टी जाने हो

चट्याङ मास्टर
अल्छी जाडाे

अल्छी जाडाे

खगेन्द्र नेउपाने
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर