मलाइ फुलको माया लाग्छ भन्यौ र फुल टिप्यौ
मलाइ पशुको माया लाग्छ भन्यौ र सेकुवा मगायौ
अब तिमीलाई मेरो माया लाग्छ भन्छौ
मेरो टाउको चुँड्छौ कि मलाइ पोलेर खान्छौ ?

मलाइ देशको माया लाग्छ भन्यौ र राज्य बिरुद्ध बन्दुक उठायौ
मलाई गरिबको माया लाग्छ भन्यौ र गरिबको उठिबास लगायौ
अब तिमीलाई मेरो माया लाग्छ भन्छौ
मलाइ सहिद बनाउँछौ कि उठिबास लगाउँछौ ?
बत्तिसपुतली, काठमाडौं