सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘लालीगुराँस साहित्यतारा’ विमोचित

Nepal Telecom ad

काठमाडौं/२०७१ माघ १३ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती तथा तथा उपकुलपति डा. विष्णुविभु घिमिरेले संयुक्त रूपमा ‘लालीगुराँस साहित्यतारा’ स्मारिका विमोचन गर्नु भयो । स्मारिका नेपाली साहित्य विकास परिषद यु.के.को नेपाल च्याप्टरद्वारा आदिकवि भानुभक्त आचार्य द्विशतवार्षिकीको सन्दर्भमा समर्पित रहेको छ ।

विमोचन समारोहमा मन्तव्य दिँदै कुलपति गङ्गाप्रसाद उप्रेतीले दुई देश बिचको साहित्यिक सहकार्य मार्फत यसरी स्मारिका प्रकाशन प्रशंसनीय कार्य हो भन्नु भयो । उपकुलपति घिमिरेले स्मारिका प्रकाशन कार्यले दुई देशका साहित्यकार बिच पुलको भूमिका निर्वाह गरेको बताउनु भयो ।

समारोहमा भानुभक्त र नेपाली साहित्यका वारेमा समालोचक गोविन्द पराजुली र गोपाल पराजुलीले विचार प्रस्तुत गर्दै स्मारिका प्रकाशनले नेपाल र वेलायत बिच साहित्यिक सम्बन्ध विस्तार गरेको छ भन्नु भयो । त्यसै गरी मुक्ति घिमिरे विमोचित स्मारिकाको समीक्षा गर्नुभएको थियो ।

साहित्यकार इल्या भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्राज्ञद्वय उषा ठाकुर र ज्ञानु पाण्डे, नेपाली साहित्य विकास परिषद युकेका वरिष्ठ सह–अध्यक्ष कोमल प्रसाद श्रेष्ठ मल्ल, सञ्चारकर्मी हरिशरण लामिछाने र डा. रेनुका थापाले पनि मन्तव्य दिनु भएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल