सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दृष्टिबिनाको दिन

Nepal Telecom ad

उकुच पल्टिएको
घाउझैं
बेला कुबेला बल्झिएर
यहाँका मनहरू दुखेका छन्
यहाँका जीवनहरू दुखेका छन् ।
छलछामहरू उही
जालझेलहरू उही
जति जति नै पात्रहरू फेरिए पनि
जति जति नै आदर्शहरूले घेरिए पनि
प्रवृत्तिहरू हट्दै हटेनन्
अप्ठ्याराहरू घट्दै घटेनन् ।
भोगाइहरू उस्तै
दुखाइहरू उस्तै
जति जति नै संस्करणहरू थपिए पनि
जति जति नै विवरणहरू बदलिए पनि
दिव्य कुरा देख्दै देखिएन
उज्याला कुरा लेख्दै लेखिएन ।
आँखाहरू अपहरित भएको
दृष्टिबिनाको दिनझैं
काँडैकाँडामा अल्झिएर
यहाँका बाटोहरू दुखेका छन्
यहाँका माटोहरू दुखेका छन् ।
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी
राष्ट्रिय करी चा-करी !

राष्ट्रिय करी चा-करी !

गायत्री परिरोशनी
ओठ र च्यापु

ओठ र च्यापु

भीम गाैतम