नेपालीको शिरको कालो टोपी भक्तपुरको
विश्व सम्पदा यो हाम्रो चाँगु भक्तपुरको
नेपालीको सुनको ढोका गर्व भक्तपुरको
लेराउँछ नया वर्ष बिस्केट भक्तपुरको ।

घर घर कलाकृति पाँच तले मन्दिर
टोल टोल ढुङ्गे धारा कला कृति सुन्दर
आफ्नै भाषा आफ्नै भेष शहर भक्तपुरको
जुजु धौ मिठो खाने रहर भक्तपुरको ।

सालीनदी गणेशस्थान तीर्थ भक्तपुरको
नगरकोटमा उदाउँछ सूर्य भक्तपुरको
सिङ्गो जीवन दङ्ग हुन्छ भित्र भक्तपुरको
नेपाल र नेपालीको शान भक्तपुरको ।
बत्तिसपुतली, काठमाडौं