सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

टुप्पीधारीकै विरोध ?

Nepal Telecom ad

टुप्पीको यौटा जोकले बहुत कुत्कुत्याउँछ । हुन त यसले जातीय सद््भाव विथोल्ने आक्षेप लाग्ला तर जोक यस्तो छ– एक दिन टुप्पीवाला बाहुन र कसाहीको झगडा परेछ । कवितात्मक शैलीमा गरिएको झगडामा दुवैले यसरी बोलेछन्–
टुप्पीवाला बाहुन– ‘तरवार त तरवार राँगो काट्ने तरवार मेरो घरको पाइखाना तँ बस्ने दरबार ।’ कसाही– ‘टुप्पी त टुप्पी राँगो काट्ने टुप्पी, भैँसीको पुच्छर, बाहुन बाजेको टुप्पी ।’ टुप्पी अचम्मको हुन्छ, न उडाउन मिल्छ न गुडाउन मिल्छ न चुडाउन मिल्छ । टुप्पीवाललाई टुप्पी भए सान हुन्छ, मान हुन्छ । यिनै टुप्पीधारीले दाह्री समोतर देशका अधिकारी बने तर विडम्बना टुप्पीधारीले टुप्पीधारी कै विरोध गर्दछन् । टुप्पीलाई हेर्दा के लाग्छ न यो सिङ हो, न जुरो, न पिङ हो न चुचुरो । टुप्पी त टाउकाको सर्वोच्च शिखर हो । हुन त टुप्पीलाई बाई बाई गरेर हाम्रा बुजु्रक भाइले टाई लगाएको देखिएकै छ ।
टुप्पी त परम्परा रहेछ । पुख्र्यौली चिनो रहेछ । हजुरबाले नातिलाई संस्कारको संसारमा बाँध्ने मियो टुप्पी नै हो । टुप्पी परम्पराको केन्द्र विन्दु हो । टुप्पीलाई परिस्कृत गराउन सके मानव सभ्यता उचाइमा पुग्न सक्छ । यसको लागि जैविक हिसावको टुप्पीमा वाईफाई जोड्न सक्नु पर्छ । सबैको टुप्पीमा वाईफाई कनेक्सन भयो भने टावरको पावर नै चाहिन्न ।
टुप्पी त धरहराभन्दा अग्लो हुन्छ,मथिंगलको माथिपट्टी, गिदीको फेदीमा पुर्लुक्क उमे्रको टुप्पीले पण्डित्याइँको परिचय दिन्छ त्यसैले टुप्पी विद्वानको र पण्डित्याइँको परिचय पत्र हो । त्यसै भएर नै राणाकालमा टुप्पीवाललाई राणाले झुण्ड््याएर मार्न नसकेका । टुप्पी भनेको टुप्पोमा हुन्छ । प्रत्येक टुप्पाहरू सौन्दर्यात्मक हुन्छन् । हेर्नुस् त सगरमाथाको टुप्पो, अन्नपूर्णको टुप्पो, तपाईको घर अघिको पहाडको टुप्पो सबै सबै राम्रा छन् । टुप्पीको बारेमा सोच्दा लाग्छ कि यो अभियान हो, कि यो स्वाभिमान हो । बहुआयामिक टुप्पी आजकल लोप हुने क्रममा छ । त्यसैले यसलाई परिमार्जित गर्नुपर्छ । जस्तोस्ुकै रङ हालेर दङ पर्ने बनाउनु पर्छ । तपाई नै भन्नुस्् न तपाईको सर्वोच्च स्थानमा रहेको टुप्पी पाल्ने कि फाल्ने ?
टुप्पीवालाले यसलाई दुरुपयोग गरेपनि टुप्पीलाई फाल्न धर्म, कर्म र वादको फसादमा पारेपनि यसको संरक्षण गर्नुपर्छ,जगेर्ना गर्नुपर्छ । सत्यम् शिवम् सुन्दरम् सबै यसमा छ । यस्ले पुख्र्यौली सम्झना बोकेको सत्यता छ । यो आफैमा सुन्दर छ । टुप्पी भए पठनपाठनमा पनि विद्यार्थी शिक्षक सबैलाई सजिलो हुन्छ । निन्द्रा लाग्नेले घरको दलिनमा बाँधेको धागोको टुप्पीमा बाँधेर पढ्दा निद्रा लागेको बेला उठाउन मद्दत गर्छ, उता गुरुवालाई डण्ठे मास्टर बन्न पर्दैन । जुरुक्क पारेर टुप्पी तान्दियो भने विद्यार्थी थान्कोमा आइहाल्छन् । लौ तपाई टुप्पी पाल्ने कि फाल्ने हो ? विचार गर्नुस् । यसलाई रङ्ग्याई रङ्ग्याई, बङ्ग्याई बङ्ग्याई पाल्न सकिन्छ ।
हाम्रा महान् विद्वानहरू टुप्पीवाल थिए । पूर्वीय दर्शन यसैमा थियो । पश्चिमा दर्शनले धावा बोलेर टुप्पीमा दावा गरयो अनि हाम्रा जोगी बाबाले टुप्पी खुत्याए तर टुप्पी पालेर अब विद्वान् बन्न सक्नुपर्छ । त्यसैले घर घरमा, टोल टोलमा टुप्पीको चर्चा गरौं । जय टुप्पी ।
नुवाकोट
(त्रिशुली छाल, वर्ष १, अङ्क ८, २०७० पुस १७ बाट)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad