सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

डायरी

Nepal Telecom ad

डायरीमा
रासनपानीको हरहिसाब छैन
पानी–बिजुलीको भुक्तानी बेहोरा छैन
घरखर्चको नालीबेली छैन
लेखिएको छैन नून–तेलको बजारभाउ
यो कुनै गृहिणीको डायरी होइन ।
डायरीमा
साहू–ब्याज विवरण छैन
आम्दानी–खर्चको लेखाजोखा छैन
त्यो गाउँको ठेगाना छैन–
जहाँ फर्किने आशमा
जीवनले पखेटा फडफडाउँछ बिरानो शहरमा
यो कुनै परदेशीको डायरी होइन ।
डायरीमा
नयाँ सिर्जनाको खेस्रा छैन
लेख–रचनाको न्युज कटिङ छैन ।
लेखिएको छैन सम्पादकलाई
गुमनाम हुने सम्भावना बोकेको एउटा चिठी
यो कुनै लेखकको डायरी होइन ।
डायरीमा
शुभलाभको चित्र छैन
मूल्यसूचीको फेहरिस्त छैन
नाफा–घाटाको लामो वर्णन छैन ।
छैन नगद–उधारोको उल्लेख
यो कुनै साहू–व्यापारीको डायरी होइन ।
डायरीमा
सेठ–महाजनको फोन नम्बर छैन
पेशेवर गुण्डा–दलालको नाम–ठेगाना छैन
अपहरण–फिरौतीको योजना छैन
हडताल–दङ्गाफसादको ग्र्यान्ड डिजाइन पनि छैन
यो कुनै नेताको डायरी होइन ।
डायरीमा त
मायालुको पुरानो तस्बिर छ
चेपिएर सुकेको रातो गुलाब छ ।
प्रेमको चिह्न छ
केही रुमानी गीत–गजल कोरिएका छन्
र, छ पट्ट्याएर राखिएको
एउटा प्रेमपत्र ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
म नै म !!

म नै म !!

कलानिधि दाहाल
मजाले हिँड (२)

मजाले हिँड (२)

कृष्णप्रसाद गाैतम
लाटो सिँगार्छन् अझै

लाटो सिँगार्छन् अझै

बिन्दु दहाल ‘मूकदर्शक’
नेता पो म त

नेता पो म त

शिव सस्मित
मुला

मुला

वासुदेव ठकुरी